बिएल संवाददाता
प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर भएका २४ जना प्रहरी कर्मचारीहरूको नाममा सूचना जारी गरेको छ।
कार्यालयले मंगलबार २४ जना प्रहरी कर्मचारीहरूको नाममा सात दिनभित्र हाजिर हुन सार्वजनिक सूचना जारी गरेको हो।
गैरहाजिर रहेका उनीहरूको खोजतलास गर्दा र प्रहरी नियमावलीबमोजिम घरमै सूचना टाँस गर्दा समेत उनीहरू सम्पर्कमा नआएका कार्यालयले जनाएको छ।
सूचनामा भनिएको छ, ‘आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरणसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला।’
तोकिएको समयभित्र पनि हाजिर नभएमा प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने कारबाही गरिने प्रहरी प्रधान कार्यालयले चेतावनी दिएको छ।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया