मोदीकाे घोषणा: राज्यले खाेपका लागि कुनै खर्च बेहोर्नु पर्दैन

राजु बिष्ट

दार्जीलिङ्ग
File photo
File photo

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशका सबै नागरिकहरूका लागि निःशुल्क भ्याक्सिनेशनको घोषणा गर्नुभएकोमा, म दार्जीलिङ्ग पहाड़, तराई अनि डुवर्सका जनताको तर्फबाट उहाँलाई हार्दिक आभार व्यक्त गर्दछु।

वर्तमानमा ८० करोड़ जनतालाई निःशुल्क राशन प्रदान गर्ने प्रधानमन्त्री गरीब कल्याण योजनाको अवधिलाई पनि उहाँले दीपावली (नोभेम्बर २०२१) सम्म बढाईदिनुभएकोमा हार्दिक धन्यवाद छ।

प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा हाम्रो सरकार अहिलेसम्म २३ करोड़भन्दा धेरै जनताको टीकाकरण गर्न सक्षम भएको छ।

देशमा ७ कम्पनीहरूले विभिन्न किसिमका कोभिड भ्याक्सिनहरू उत्पादन गरिरहेका छन् जसमध्ये २ स्वदेशमा नै विकसित गरिएका हुन् भने अन्य तीन भ्याक्सिनको परीक्षण पनि अग्रिम चरणमा छन्। 

देशको कुनै पनि राज्यले भ्याक्सिनका लागि कुनै खर्च बेहोर्नु पर्ने छैन। सबैका लागि निःशुल्क भ्याक्सिन र निःशुल्क राशन उपलब्ध गराइने घोषणाले सबै देशवासीहरूलाई ठूलो राहत प्राप्त भएको छ, खासगरि पश्चिम बङ्गालका जनताका लागि जहाँ राज्य सरकार हाम्रा जनताको टीकाकरणका लागि अलिकति पनि गम्भीर नरहेको अवस्था छ।

राज्यमा एउटा समग्र योजनाको अभाव छ अनि राज्य सरकारले ग्रामीण क्षेत्रका जनताका कठिनाईहरूप्रति घोर उदासीनता देखाएको छ। नोभेम्बर महिनासम्म निःशुल्क राशनको प्रावधानले हाम्रो क्षेत्रका सबै परिवारलाई, खासगरि अहिलेसम्म अत्यन्तै न्यून वेतन र आर्थिक रूपले विपन्न अवस्थामा बाँचिरहेका हाम्रा  चिया बगान अनि सिंकोना बगानका वासीहरूहरूलाई ठूलो मद्दत र खाद्य सुरक्षा मिल्ने छ। 

मोदीका यी घोषणाहरूको दार्जीलिङ्ग, तराई अनि डुवर्स तथा सम्पूर्ण उत्तर बङ्गालका जनताले स्वागत गरेका छन् जहाँ अत्यन्तै कठिन भौगोलिक अवस्थिति र खराब मौसमका कारण ग्रामीण क्षेत्रका जनतालाई भ्याक्सिन लगाइनु अझ बाँकी नै छ। 

प्रधानमन्त्रीको यस पहलपछि हाम्रा जनताको यथाशीघ्र सय प्रतिशत भ्याक्सिनेशन गरिने विश्वास मैले राखेको छु।  

विष्ट लोकसभा सांसद, दार्जीलिङ्ग एवं भारतीय जनता पार्टीका राष्ट्रिय प्रवक्ता हुन्।


भारतमा २३ करोड नागरिकले खोप लगाए


 

प्रकाशित मिति: : 2021-06-08 08:24:00

प्रतिकृया दिनुहोस्