रामकुमार परियार
नेपाल एयरलाइन्सले आगामी जुन २३ तारिखदेखि दुबई–काठमाडौ एकतर्फी उडान सुचारु गर्ने भएको छ।
कोभिड १९ का कारण अन्तराष्ट्रिय उडान स्थगन भएपछि संयुक्त अरब ईमिरेट्स (युएई) मा रोकिएका नेपालीहरुलाई लक्षित गरि एकतर्फी उडान शुरु गर्न लागेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर टिकाराम पंगेनिले बिएल नेपाली सेवालाई जानकारी दिएका छन।
एयरलाइन्सको वाईड बडि जहाजले आगामी जुन २३ र ३० तारिख दुबईदेखि काठमाडौंको उडान भर्ने बताईएको छ। यसको सम्पुर्ण तयारी पूरा भईसकेको र आज (मंगलबार) बाट टिकट बिक्री समेत थालिने पंगेनीले बताएका छन।
नेपालले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछी घर जान नपाएका सयौं नेपालीहरु युएईमै अड्किएका थिए। यी मध्ये कैयौंको त ओभरस्टे जरिवाना समेत शुरु भईसकेको छ।
सरकारकाे निर्णय अनुसार गएको बैशाख २३ देखि भएको उडान निलम्बनका कारण मध्यपुर्वमा मात्रै हजारौं नेपाली प्रभावित भएका छन। यसबाट भिजा सकिएका र नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया