रामकुमार परियार
नेपाल एयरलाइन्सले आगामी जुन २३ तारिखदेखि दुबई–काठमाडौ एकतर्फी उडान सुचारु गर्ने भएको छ।
कोभिड १९ का कारण अन्तराष्ट्रिय उडान स्थगन भएपछि संयुक्त अरब ईमिरेट्स (युएई) मा रोकिएका नेपालीहरुलाई लक्षित गरि एकतर्फी उडान शुरु गर्न लागेको नेपाल एयरलाइन्सका युएई कन्ट्री म्यानेजर टिकाराम पंगेनिले बिएल नेपाली सेवालाई जानकारी दिएका छन।
एयरलाइन्सको वाईड बडि जहाजले आगामी जुन २३ र ३० तारिख दुबईदेखि काठमाडौंको उडान भर्ने बताईएको छ। यसको सम्पुर्ण तयारी पूरा भईसकेको र आज (मंगलबार) बाट टिकट बिक्री समेत थालिने पंगेनीले बताएका छन।
नेपालले अन्तराष्ट्रिय उडानमा प्रतिबन्ध लगाएपछी घर जान नपाएका सयौं नेपालीहरु युएईमै अड्किएका थिए। यी मध्ये कैयौंको त ओभरस्टे जरिवाना समेत शुरु भईसकेको छ।
सरकारकाे निर्णय अनुसार गएको बैशाख २३ देखि भएको उडान निलम्बनका कारण मध्यपुर्वमा मात्रै हजारौं नेपाली प्रभावित भएका छन। यसबाट भिजा सकिएका र नेपालमा आफन्त गुमाएकाहरु बढी प्रभावित भएका छन।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया