काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी

निजी गाडी चलाउन दिने तयारी

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर एक साता थप्ने तयारी भएको छ।

उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरी निषेधाज्ञालाई थप तयारी गरेका हुन्।

अब थपिने निषेधाज्ञामा फेन्सी, भाडालगायत भीडभाड नहुने व्यवसाय चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले  बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

त्यस्तै, निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उनले बताएका छन्।

‘अहिलेको निषेधाज्ञामा निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा शनिबार छलफल भएका थियो। आज बस्ने बैठकमा यस बारेमा औपचारिक निर्णय आउँछ,’ प्रमुख जिल्ला अधिकारीले निरौलाले भने।

यसअघिको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहानको समय खोल्न दिएको थियो।

कोरानो भाइरस संक्रमण दर घट्दो अवस्थामा रहेको हुँदा निषेधाज्ञालाई थप व्यवस्थित बनाउने तयारी रहेका छ। कसरी अगाडी बढ्ने भन्ने विषयमा विशेषज्ञाहरुसँग छलफल जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्। 

बजारमा ‘स्मार्ट लकडाउन’को हुने हल्ला चलेको बारेमा उनले आफूलाई त्यसबारेमा कुनै निर्णय नभएको बताएका छन्।

‘मैले पनि स्मार्ट लकडाउन बारे सुनेको थिएँ। यो कुरा कहाँबाट आयो मलाई पनि थाहा छैन्, जे होस् निषेधाज्ञ केही व्यवस्थित हुन्छ।’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने। 

पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही  सोमबार सकिँदैछ।

प्रकाशित मिति: : 2021-06-20 11:04:00

प्रतिकृया दिनुहोस्