बिएल संवाददाता
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाएर एक साता थप्ने तयारी भएको छ।
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) का प्रमुख जिल्ला अधिकारीहरुले छलफल गरी निषेधाज्ञालाई थप तयारी गरेका हुन्।
अब थपिने निषेधाज्ञामा फेन्सी, भाडालगायत भीडभाड नहुने व्यवसाय चलाउन दिने तयारी भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।
त्यस्तै, निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा पनि छलफल भएको उनले बताएका छन्।
‘अहिलेको निषेधाज्ञामा निजी सवारी साधनलाई जोर विजोर प्रणालीमा चलाउन दिने विषयमा शनिबार छलफल भएका थियो। आज बस्ने बैठकमा यस बारेमा औपचारिक निर्णय आउँछ,’ प्रमुख जिल्ला अधिकारीले निरौलाले भने।
यसअघिको निषेधाज्ञामा किराना पसल, डिपार्टमेन्टल स्टोर, तरकारी, फलफूल, दूध, मासु र ग्यासका पसल बिहानको समय खोल्न दिएको थियो।
कोरानो भाइरस संक्रमण दर घट्दो अवस्थामा रहेको हुँदा निषेधाज्ञालाई थप व्यवस्थित बनाउने तयारी रहेका छ। कसरी अगाडी बढ्ने भन्ने विषयमा विशेषज्ञाहरुसँग छलफल जारी रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताएका छन्।
बजारमा ‘स्मार्ट लकडाउन’को हुने हल्ला चलेको बारेमा उनले आफूलाई त्यसबारेमा कुनै निर्णय नभएको बताएका छन्।
‘मैले पनि स्मार्ट लकडाउन बारे सुनेको थिएँ। यो कुरा कहाँबाट आयो मलाई पनि थाहा छैन्, जे होस् निषेधाज्ञ केही व्यवस्थित हुन्छ।’ प्रमुख जिल्ला अधिकारी पराजुलीले भने।
पछिल्लोपटक थप गरिएको निषेधाज्ञाको अवधि यही सोमबार सकिँदैछ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया