बिएल संवाददाता
सरकारले काठमाडौं उपत्यकाको निषेधाज्ञालाई थप खुकुलो बनाउँदै बार अनुसार पसल सञ्चालन गर्न दिने समेत निर्णय गरेको छ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा थप गर्दै बारको अनुसार पसल खोल्न दिने निर्णय गरेको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार आइतबार, मंगलबार र बिहीबार सुन पसल, भाँडा भान्सा, विद्युतिय सामग्री, अटोमोबाइल शो रुम, मोटस पार्टस र इलेक्टोनिक्स सामग्री र कम्युटर पसल खोल्न पाइन्छ।
त्यस्तै सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल, फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङ खुल्नेछन्।
बारका अनुसार खुल्ने पसल बिहान ११ देखि ४ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको छ। खाद्यान्न, फलफूल र तरकारी पसल भने हरेक दिन ११ बजेसम्म खुल्नेछ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया