मिनराज रोका
अविरल वर्षाका कारण गएराति घरमाथिबाट आएको पहिरो परी घाइते भएका २ जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
गएराति साढे १२ बजेतिर आएको पहिरोमा परी रोल्पा नगरपालिका–९ ह्वामाका टिकासिङ बुढाको घर पुरिँदा उनकी ८६ वर्षीया आमा क्रती बुढा, १८ वर्षीया बुहारी सुशीला बुढा र १५ वर्षीया छोरी श्यामकला बुढाको ज्यान गएको थियो।
पहिरोमा परेर घाइते भएका ४० वर्षका टिकासिङ बुढा र उनका छोरा शक्तिमान बुढालाई हेलिकप्टरबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको रोल्पाका प्रहरी नायब उपरिक्षक नरेश सुवेदीले जानकारी दिए।
यस्तै सामान्य घाइते भएका ४५ वर्षीया सुनमाया बुढाको गाउँकै स्वास्थ्य संस्थामा उपचार गरिएको छ। मृतक ३ जनाको शव पोष्टमार्टमका लागि हेलिकप्टरबाट रोल्पा अस्पताल रेउघा ल्याइएको छ।
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया