बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रीहरूलाई कसैको दबाब र प्रभावमा परेर काम नगर्न कडा निर्देशन दिएका छन्।
शुक्रबार बसेको पहिलो मन्त्रिपरिषद् बैठकमा बालेनले कानूनी बाधा र अड्चन देखाएर काम रोक्ने गल्ती नगर्न निर्देशन दिँदै काम गर्न नसके राजीनामा दिन चेतावनी दिए।
‘तपाईंहरू लोकसेवा पास गरेको जस्तै हुनुहुन्छ। काम गर्न सक्नुहुन्छ। नसक्ने भए राजीनामा दिए हुन्छ, अर्को काम गर्न सक्ने नेताहरू तयार हुनुहुन्छ। अब हिँडेर मात्रै गन्तव्यमा पुग्न सकिन्न। रास्वपाको गति बढी हुन्छ। गतिमा दगुर्न सक्नुपर्छ,’ बालेनको निर्देशन उद्धृत गर्दै बैठकमा सहभागी एक मन्त्रीले बीएल नेपाली सेवालाई बताए।
उनले रास्वपासँग दुई तिहाइ हाराहारी मत रहेको उल्लेख गर्दै कानुनी अड्चन आए कानुन संशोधन गरेर वा नयाँ कानुन बनाएर भएपनि जनअपेक्षाअनुसारको काम हरहालतमा गर्नैपर्ने निर्देशन दिएको ती मन्त्रीले बताए।
ती मन्त्रीका अनुसार बालेनले ‘कानुनले दिएन, यो भएन त्यो भएन भन्ने छुट छैन। जनताले बहुमत दिएर पठाएका छन्। झन्डै दुई तिहाइ छन् हाम्रो मत। जनअपेक्षाअनुसार काम गर्नुपर्छ। नेपाल हाँसेको देख्न पाउँ,’ भन्दै कडा निर्देशन दिएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया