च्याउको नशामा डुबेका आकाश भन्छन्ः मलाई पागल भन्नेहरू अहिले चित खान्छन्

सेतोपाटी

काठमाडौँ

सामान्यतया हामीले किनेर खाने च्याउ दुई खालका हुन्छन्- कन्ने (पत्ते) र गोब्रे (डल्ले)। गाउँघरमा विषालु च्याउ खाएर बिमारी र मृत्यु भएका सुनिरहेका हामी अन्य च्याउबारे हत्तपत्त सोच्दैनौं पनि।

तर नडराउनुहोस्। पत्ते र डल्लेबाहेक अरू केही प्रजातिका च्याउ पनि खान मिल्ने हुन्छन्। भक्तपुर थिमी–७ नगदेशका आकाश बाडेले विभिन्नथरि खाद्य च्याउ उत्पादन गर्दै आएका छन्।

आकाशले एघार रोपनी जग्गामा कन्ने, गोब्रेसहित सिताके, ग्यानोदर्मा (रातो च्याउ), कोर्डिसेप्स मिलिटारिस, कोर्डिसेप्स एसपी, लायन्स मेन (हेरिकियम), इसारिया जापोनिका, इसारिया सिकादा, इनोकिताके, माइटाके र 'किङ ओएस्टर' जातका च्याउ उत्पादन गर्छन्। यसमध्ये उनले केहीको व्यवसायिक खेती गरिरहेका छन् भने केहीको अनुसन्धान भइरहेको छ। कुनै च्याउ औषधिका रूपमा मात्रै खान मिल्ने पनि हुन्छ।

'कन्ने, गोब्रे, सिताके र रातो च्याउको व्यवसायिक खेती गरेको छु,' ४१ वर्षीय आकाशले भने, 'अन्य च्याउ भने अनुसन्धानका लागि थोरै परिमाणमा लगाएको छु।'

प्रकाशित मिति: : 2021-07-03 06:15:00

प्रतिकृया दिनुहोस्