
अन्नपूर्ण पोष्ट
इन्टरनेट प्रविधिमा आधारित यूट्यूबलाई ‘अनलाइन सेयरिङ प्लेटफर्म’ वा ‘भिडियो होस्टिड सेयरिङ सर्भिस’ भनिन्छ। यूट्यूब प्रिमियम, यूट्यूब म्युजिक, यूट्यूब टिभी, यूट्यूब किड्स यसका उत्पादनहरू हुन्। सन् २००५ फेब्रुअरी १४ मा चाद हर्ले, स्टेभ चेन र जावेद कारिमद्वारा स्थापित यूट्यूबलाई सन् २००६ मा गुगलले १.६५ बिलियन डलरमा किनेको थियो। क्यालिफोर्नियाको सान बरुनोमा कार्यालय रहेको यसले विश्वभर बजार बिस्तार गरिरहेको छ। विकीपिडियाका अनुसार संसारमा प्रत्येक दिन एक बिलियन घण्टा यूट्यूब भिडियो हेरिन्छ। यस्तै यूट्यूबरले प्रत्येक मिनेटमा सय घण्टाको विषयवस्तु अपलोड गरिरहेका हुन्छन्।
अमेरिकामा १६ वर्षअघि स्थापित यूट्यूब च्यानल अहिले नेपालमा प्रभावकारी सामाजिक सञ्जालका रूपमा स्थापित भएको छ। लाखौं मानिस यसका प्रयोगकर्ता छन्। यससँगै राज्यका शासक प्रशासक, विभिन्न सरोकारवाला निकाय र नागरिकमा समेत यसप्रति चासो र चिन्ता बढेको छ। चाहेर नचाहेर सबै यसको नजिक हुनैपर्ने भएको छ। हरेक विषयका जस्तै यूट्यूबका पनि सकारात्मक र नकारात्मक पक्ष छन्। सकारात्मक कोणबाट हेर्दा यूट्यूब सर्वसाधारणका लागि साझा चौतारो भएको छ। अर्थात् मूलप्रवाहका मिडियामा कहिल्यै पहुँच नपाएका सर्वसाधारणले यसमा सजिलै पहुँच पाएका छन्। पत्रकारितामा भनिने आवाजविहीनको आवाज बनेको छ। भुइँमान्छेले क्षणभरमै चर्चा र प्रतिष्ठा कमाउन थालेका छन्। यो आममानिसको ‘पब्लिक स्फेअर’ (सार्वजनिक ठाउँ) बनेको छ। दुःख, पीडामा परेका अत्यन्त न्युनस्तरका जनताले कतिपय सन्दर्भमा यूट्यूब कार्यक्रमबाट राहत पाएका छन्। यूट्यूबले पीडित र पीडकलाई प्रत्यक्ष बहसमा ल्याइदिने हुँदा कतिपय घटनामा मेलमिलापको प्रयाससमेत भएको छ। अर्काेतिर परोपकारी कार्य छिटो गर्न यूट्यूब गतिलो माध्यम भएको छ। पीडितका लागि राहत (आर्थिक) संकलनसमेत भएर उनीहरूको उद्धार भएको छ। त्यसैले समाजको आँखामा पत्रकारभन्दा कतिपय यूट्यूबरहरू लोकप्रिय हुन थालेका छन्। वाही वाही पाएका छन्।
यस्तै, मनोरञ्जन, विभिन्न स्थानको सूचना, जानकारी दिने साधन पनि बनेको छ यूट्यूब। यति मात्र होइन, रोजगार स्वरोजगारसमेत बनेको छ। राज्यले यसको कमाइलाई वैध बनाउन नसके पनि हजारौं मानिसले रोजगारी पाइरहेका छन्। सञ्चारमाध्यम परिवर्तनको वाहक हो। यूट्यूबलाई पनि सही मार्गमा ल्याएर सत्य, तथ्य र प्रामाणिक सामग्री सम्प्रेषण भएमा समाजमा परिवर्तनका लागि सकारात्मक भूमिका खेल्न सकिन्छ। आधारभूत तहका नागरिकका आवाज मुखरित भएर मूल शासकसमक्ष पुग्न सक्छन्। विभिन्न क्षेत्रका राम्रा र उदाहरणीय प्रतिभा जन्मन र स्थापित हुन सक्छन्। आफ्ना पीडा, समस्या, आवाज राखेर वास्तविक पीडितलाई न्यायका लागि सम्बन्धित निकायको ढोका ढक्ढक्याउन सजिलो हुन्छ। यसको सकारात्मक पहलबाट समाजमा सद्भाव कायम हुन पनि सक्छ।
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
‘भाषा, पुस्तक र व्यवहार नै जीवन’ (अन्तर्वार्ता)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया