
बिएल संवाददाता
गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मधु अधिकारीले जडीबुटीको व्यवस्थापन र उपयोग हुनुपर्नेमा जोड दिएकी छन्।
गण्डकी आयुर्वेद औषधालयद्वारा आज आयोजित वार्षिक समीक्षा कार्यक्रममा बोल्दै उनले प्राकृतिक उपचार प्रणालीको विकास तथा विस्तार गर्नुपर्ने बताइन्।
प्रदेशको माथिल्लो भेगका जिल्लामा पाइने जडीबुटीको प्रवद्र्धनबाट प्रदेशमा आयुर्वेद पर्यटनको समेत विकास गर्न सकिने उनको भनाइ छ।
त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विनोदविन्दु शर्माले सीमित स्रोतसाधनका बीचमा पनि गण्डकी आयुर्वेद औषधालयले प्रगति गरेको बताए।
औषधालयका प्रमुख डा कुमार कासुलाले आयुर्वेद क्षेत्रका रणनीतिक तहगत समस्याको पहिचान भएको र यसको निराकरण हुने अपेक्षा गरिएको बताउँदै उनले भने, ‘जडीबुटीको संरक्षण र उपयोग हुनुपर्ने आवश्यकता छ।’
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया