धर्मपुत्रदेखि अमेजनसम्मः जेफ बेजोस कसरी बने विश्वकै सर्वाधिक धनी व्यक्ति?

Photo - wired

संघर्षले प्रत्येक प्राणीहरुको विकास र अस्थित्व कायम गरिरहन्छ। यसाै भनाै कि संघर्षले नै जीवनको आयाम बदलिदिन्छ।

हामीले संघर्ष के हाे भनेर जेफ बेजोसबाट सिक्न सक्छाै। जाे, विश्वका सर्वाधिक धनी व्यक्ति हुन्। 

जेफ बेजोसको जन्म सन् १९६४ जनवरी १२ मा सयुक्त राज्य अमेरिकास्थित न्यू मेक्सिकोको एल्बुकर्क भएको थियो।

उनको वास्तविक नाम 'जेफ्री प्रस्टन जोर्गेन्सेन' थियो। उनकी आमाको नाम ज्याकी जरगन्सन र बुवाको नाम टेड जर्गन्सन हो।

बेजोस जन्मिदा उनकी आमा मात्र १७ वर्षकी थिइन्। बेजोस जन्मिएको करिब १८ महिनामा नै उनका बुवा-आमाको डिभोर्स भयो।

उनकाे थरकाे रहस्य

उनी आमासँगै बसे। उनकी आमाले नै उनलाई दुख गरेर हुर्काइन्। उनी चार वर्षको हुँदा मिगुएल बेजोसले उनलाई धर्मपुत्र बनाए। जसकाे कारण उनी आज पनि निर्धक्कताका साथ थर नै 'बेजाेस' लेख्छन्। 

उमी धर्मपुत्र बनेपछि उनी ह्युस्टन-टेक्सासमा सरे, परिवारसँगै। उनले कक्षा ६ सम्म ह्युस्टनको रिभर ओक्स एलिमेन्टरी स्कुलमा पढेका थिए। त्यसपछि उनको परिवार फेरि फ्लोरिडामा सरे।

परिवारकै कारण उनी पनि फ्लाेरिडा जान बाध्य भए। त्यहाँ उनी मियामीको पाल्मेट्टो सिनियर उच्च विद्यालयमा भर्ना भए, जहाँ उनले अध्ययनमा उत्कृष्ट नतिजा प्रदर्शन गरे।

उनले सन् १९८६ मा प्रिन्स्टन विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र इलेक्ट्रिकल इन्जिनियरिङ गरि एकैचाेटी दुई विधामा डिग्री गरे।

डिग्री पुरा गरेपछि उनले एक वित्तीय कम्पनीमा जागिर सुरु गरेका थिए। त्यही जागिरको क्रममा उनको भेट मेकेन्जी नामकी युवतीसँग भयो। विस्तारै उनीहरूबीच प्रेम बस्दै गयाे र पछि बेजोसले उनीसँगै बिहे गरे।

अहिले मेकेन्जी एक साहित्यकारको रुपमा परिचित छिन्। उनीहरूले चार सन्तानलाई जन्म दिए। तर उनीहरुकाे वैवाहिक सम्बन्ध भने किमार्थ टिक्न सकेन। र अन्ततः बेजोस र मेकेन्जीले सन् २०१९ अप्रिल २१ मा सम्बन्ध विच्छेद गरे। राेचक कुरा के छ भने उनीहरूकाे सम्बन्धविच्छेदलाई मानिसहरू 'विश्वकै महँगो डिभाेर्स' भन्न रूचाउँछन्।

वास्तवमा चार वर्षको उमेरदेखि नै बेजाेसकाे विज्ञान तथा इन्जिनियरिङप्रति झुकाव बढेको थियो। त्यही झुकाव, लगाव, संघर्ष महत्वाकांक्षाले नै बेजाेसलाई आज विश्वकाे सर्वाधिक धनी बनायाे। बेजाेसले विश्वमा पहिलाेपल्ट अनलाइन व्यापारकाे सुरुवात गरे र इतिहास रचे अमेजनको।

अमेजनकाे सुरूवात

ढाइ पुरा गरेपछि बेजोसले वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंकमा पनि काम गरे। तर उनी कुनै जागिरेभन्दा पनि मालिक बन्न चाहन्थे।

बैंकमा काम गरिरहदा उनले धेरै कुरा सिके। यहाँ सम्म कि दश वर्षपछिकाे इन्टरनेटको भविष्य र दुनियाँलाई उनले सतर्कतासहित कल्पना गरे।

वास्तवमा 'इ-कमर्श'को कल्पना गरेर उनले मासिक नेपाली ३१ लाख तलबकाे बैंककाे जागिर छाडेका थिए, जतिबेला उनकाे उमेर ३० वर्ष थियाे।

जागिर छोडेलगतै उनले सन् १९९४ मा अमेजनको अफिसियल्ली शुरुवात गरे। दश वर्षपछिकाे भविष्यलाई गम्भीर रुपमा अध्ययन गरेर आधुनिक 'इ-कमर्श' अवधारणामा कम्पनी खाेल्नु नै उनकाे सबैभन्दा उत्कृष्ट चलाखी थियाे। जसले आज उनलाई सफलताकाे टाकुरा पुर्यायाे।

सुरुवाती दिनहरुमा अमेजनले पुराना किताबहरु मात्र बेच्ने गर्दथ्यो। त्यतिबेला विश्वका सबै देशहरूमा इन्टरनेटकाे पहुँचमा पुगिसकेका थिएनन्। 

तर जब विस्तारै विश्वभरीका देशहरूमा इन्टरनेटकाे सुविधा पुग्न थाल्याे, तब अमेजनको लोकप्रियता तिब्र रूपमा बढ्न थाल्याे।

लोकप्रियता बढेसँगै विस्तारै विश्व बजारमा अमेजनकाे प्रयाेगकर्ताहरू तिब्र रूपमा बढ्न थाले। यति सम्म कि अमेजन सुरु भएको एक महिनामै ४५ भन्दा बढी देशहरुबाट सामानको अर्डर आउन थाल्याे।

बढ्दाे लाेकप्रियताले पाँच वर्षमा अमेजनका प्रयाेगकर्ताहरु ६० गुणाले बढे। त्यसपछि सन् १९९७ मा अमेजन एक पब्लिक कम्पनीको रुपमा स्थापित भयाे।

सन् १९९९ मा टाइम म्यागेजिनले बेजाेसलाई 'किङ अफ साइबर कमर्स' भनेर घोषणासमेत गरेको थियो।

अमेजनमा अहिले कुल पाँच लाख ८० हजार कर्मचारिले राेजगार पाएका छन्।

विश्वकै धनी

एक लाख डलर लगाती गरेर बेजाेसले सुरु गरेकाे अमेजनले दैनिक ५ अर्ब डलरभन्दा बढी मुनाफा कमाउँदै आएकाे छ।

बेजोस ३५ वर्षको उमेरमा विश्वकै धनी व्यक्तिहरुकाे सूचीमा परे।

बेजोसले अन्य ठूला कम्पनीहरुमा पनि दर्ता गरेका छन्। उनले सन् २००० सप्टेम्बर ८ मा 'ब्लु ओरिजन' नामक अन्तरिक्षसम्बन्धी कम्पनी एरोस्पेससमेत स्थापना गरे। जुन कम्पनीले आगामी वर्षदेखि अन्तरिक्ष यात्राका लागि टिकट बेच्ने योजना बनाएको छ।

यति मात्र नभइ बेजोस 'ब्लु ओरिजन'बाटै आगामी जुलाई २० मा अन्तरिक्षमा जाँदैछन्।

त्यसाे त एक साताअघि बेजोसले अमेजनको सीईओबाट राजीनामा भने दिइसकेका छन्। अहिले उनको जिम्मेवारी एन्डी जेस्सीले सम्हालीरहेका छन्।

उनले अवकाश बस्नकाे लागि राजीनामा दिएकाे भने हाेइनन्। बरू उनले नयाँ कामकाे थालनी गर्न समय निकालेका हुन्।

अहिले उनी चन्द्रमामा मानव वस्ती बसाल्न अन्तरिक्ष यात्राको खाका तय गरिरहेका छन्।

बेजोस संघर्ष गरिरहन रुचाउँछन्। फुर्सदमा विभिन्न पुस्तकहरू पढ्नु उनकाे सुन्दर बानी हाे। बेजोस अहिले पनि संसारकाे सर्वाधिक धनी व्यक्ति हुन्। बेजोसको कुल सम्पत्ति दुई खर्ब ११ अर्ब डलर पुगेको छ।

- एजेन्सीकाे सहयाेगमा


ओसामा विन लादेन कसरी बनेका थिए कुख्यात आतंकवादी ? 

दुर्गा मल्लकाे बलिदानले गर्वका साथ बाँचेका गाेर्खालीहरू

रसियाकाे याे ठाउँ, जहाँ मानिस गएपछि फर्कने सम्भावना कमै हुन्छ

प्रकाशित मिति: : 2021-07-20 22:13:00

प्रतिकृया दिनुहोस्