थप २४४५ जनामा कोरोना संक्रमण पुष्टि, ३२ जनाको मृत्यु

नेपालमा थप २ हजार ४४५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख ३३ हजार ३३२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

कोरोनाबाट थप ३२ सङ्क्रमितको मृत्यु

पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३२ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ५८२ पुगेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-07-19 16:48:00

प्रतिकृया दिनुहोस्