
बिएल संवाददाता
होम बहादुर खड्का
रोल्पामा बिगत केहि वर्षदेखि जंगली जनावर बँदेलको बिगबिगी रहेको छ।
कृषकको अन्न–बाली जंगली बँदेलले खाएर सखाप पारिदिँदा रोल्पाका कृषकहरू मारमा परेका छन्। बँदेल भगाउन रातभरी जाग्राम बस्दा पनि बाली–नाली जोगाउन हम्मेहम्मे परेकाे उनीहरू बताउँछन्।
रोल्पा नगरपालिका–२ सालबाङका कृषकहरू बँदेलले बाली नष्ट गर्न थालेपछि किसान चिन्तित बनेका छन्। वर्षभरी खाउँला भनी दुःखले हुर्काएकाे बाली बँदेलले खाइदिँदा उनीहरू निरास छन्।
सालबाङमा केही वर्ष अघिसम्म यसैगरी बाँदरले र अहिले बँदेलले सताउने गरेको स्थानीय हरिबहादुर ओलीको गुनासो छ। उनका अनुसार करिब २–३ वर्षअघि छिरेको बँदेलकाे समूह जंगल भरी नै फैलिएको छ।
हरिबहादुर भन्छन्, ‘अब यसलाई नियन्त्रण गर्न सकिँदैन। यसको समूह धेरै ठुलो भैसकेको छ। रातको समयमा बथानको बथान आउने बँदेलले हैरान बनायाे।’
जंगली बँदेलले एक–बेतमा कम्तिमा २ देखि १० वटासम्म बच्चाहरू जन्माउने गरेकाे स्थानीय कृषकहरूकाे भनाइ छ। उनीहरू भन्छन, ‘बँदेल कै कारण बाली जोगाउन रातभर बारीमै बस्ने गछाैँ। तरपनि सबै नष्ट गरिदिन्छ।’
जंगली बँदेकाे आतंक जिल्लाका प्रायः गाउँहरूमा रहेको छ। ‘सालबाङ त एक उदाहरण मात्र हो,’ कृषकहरू भन्छन्, ‘यस्ता समस्या अन्य गाउँमा पनि रहेका छन्।’
धान–खेतीमा समेत बँदेलले नोक्सानी पुर्याउने गरेको कृषकहरूको गुनासो छ।
बैशाखमा लगाएको धान नफल्दै बँदेलले नोक्सान पुराउन थालेको छ। कयौँ दुःख गरेर लगाएको धान–खेती बेर्ना नहुर्कँदै बँदेलले उखेल्न थालेको कृषकले बताएका छन्।
बाली जति सबै बँदेलले सक्काउन थालपछि कृषकहरूमा चिन्ता थपिएकाे छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया