बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन्।
एमालेको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा बोल्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए।
उनले भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं। अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं।’
उनले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेका बताए। नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग गरेको ओलीले बताए।
उनले भने, ‘माधव नेपालले दोस्रो अध्यक्ष माग्नुभयो। पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ।’
एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ। बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया