बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउन आफू तयार रहेको बताएका छन्।
एमालेको केन्द्रीय कमिटीको बुधबार बसेको बैठकमा बोल्दै ओलीले पार्टी एकताका लागि आफू हदैसम्म लचिलो रहेको बताए।
उनले भने, ‘हामी एकताका लागि हदैसम्म लचिलो छौं। अन्तिमसम्म पनि एकताका लागि प्रयास जारी राख्छौं।’
उनले १० बुँदे सहमति कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेका बताए। नेता नेपालले पार्टी एकताका लागि आफूलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने माग गरेको ओलीले बताए।
उनले भने, ‘माधव नेपालले दोस्रो अध्यक्ष माग्नुभयो। पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, तर मैले यति भन्दा पनि एकताप्रति इच्छा देखाइएको छैन। अनेक बहाना खोजिएको छ।’
एमालेको जारी केन्द्रीय कमिटी बैठक बिहीबार दिउँसो पुनः बस्ने गरी टुङ्गिएको छ। बुधबारको बैठकमा २० भन्दा बढी केन्द्रीय सदस्यहरूले आफ्नो धारणा राखेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया