सनीराज शाक्य
मध्यम र छोटो दूरीका सवारीसाधनमा भाडा समायोजन गरिनुपर्ने माग गर्दै यातायात व्यवसायी आन्दोलनमा उत्रिएका छन्।
सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले बिहीबार ७ बुँदे माग राख्दै प्रदर्शन गरेको हुन्।
चक्रपथका विभिन्न स्थानमा जम्मा भएर उनीहरुले सङ्घीय सरकारले लामो दूरीको सवारीसाधनमा भाडा समायोजन गरेकाले छोटो र मध्यम दूरीका सवारीसाधनमा पनि भाडा समायोजन गर्न माग गरेका हुन्। व्यवसायीहरुले सबै यातायात मजदूरलाई कोभिड विरुद्धको खोप लगाउर्ने पनि माग गरेका छन्।
व्यवसायीहरुले कोभिड खोपको व्यवस्था गर्न, यातायातको भाडा एवम् ट्याक्सीको सुरुवाती कल समायोजन गर्न, मौद्रिक नीतिमा यातायातको समस्यालाई सम्बोधन गर्न, २० वर्ष अवधि पुगेका सवारीको अवधि थप गर्न, यातायातको बीमा छुट गर्न, सडक कानुन लागू गर्न, नवीकरण र जरिवाना छुट गर्नलगायतका माग राखेका छन्।



यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया