
बिमला गुप्ता
बारा जिल्लामा कोभिड प्रभावित दलित बस्तीमा खाद्यान्न राहत कार्यक्रम सम्पन्न भएको छ।
कलैया उप–महानगरपालिका वडा नं. २ दोहोरी गाउँका दलित समुदायमा बसोबास गर्ने ५६ घरपरिवारका लागि बिहिबार खाद्यान्न राहत सहयोग गरिएको संस्थाका अध्यक्ष मनोज रामले बताए।
“इन्टरनेसनल कमिशन फर दलित राईटस” नामक अमेरिकी संस्थाको आर्थिक सहयोग र पिसफोर दलितस् फाउन्डेसन नेपाल पर्साको आयोजनामा राहत सामाग्री वितरण गरिएको हो।
विगत लामो समयदेखि भएको निषेधाज्ञामा दिनहुँ ज्याला मजदुरी गरेर पालन पोषण गर्दै आएका दलित बस्तीमा खानेकुराको अभाव भएपछि राहत स्वरुप प्रति परिवार २० किलो चामल, १ किलो नुन, डेढ किलो दाल र मास्क सहयोग गरिएको उनले बताए।
अध्यक्ष रामका अनुसार सो संस्थाले प्रदेश नं.२ का बारा पर्सा र रौतहटमा रहेका अति प्रभावित बस्तीहरुमा खाद्यान्न राहत सहयोगको सुरुवात गरेको छ।
राहत वितरण अभियानमा वडा नंं. २ का अध्यक्ष राजेन्द्र कुमार महतो दलित अगुवा रामेश्वर राम, योगेन्द्र पसवान, पारमानन्द राम, सुरेन्द्र पासवान, सन्जोग राम र अशोक रामलगायत दलित अगुवा जनप्रतिनिधि महिला सदस्यहरुको सहभागिता रहेको छ।
यसअघि पर्साको पर्सागढी नगरपालिका वडा नं. ७ फुलवरिया गाउँका दलित समुदायमा खाद्यान्न वितरण गरिएको थियो। सो कार्यक्रममा फुलबरीया गाउँका ५४ घरपरिवारमा राहत सहयोग गरिएको मनोज रामले बताए।
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया