
बिएल संवाददाता
बर्माका प्रख्यात नेपालीभाषी साहित्यकार, संगीतकार तथा समाजसेवी प्रितम पाण्डेको निधन भएको छ।
बर्माको याँगौ नगरस्थित निवासमै उनको निधन भएको नेपालीभाषी वरिष्ठ साहित्यकार लक्ष्मण न्यौपानेले जानकारी दिएका छन्।
लामो समयदेखि विभिन्न स्वास्थ्य समस्यासंग जुधिरहेका उनी केही महिनयता घरमै उपचाररत थिए।
बर्माको नेपाली समाजमा गायक, संगीतकार, साहित्यकार र वरिष्ठ समाजसेवीका रुपमा परिचित उनी नेपालीमाझ निकै लोकप्रिय मानिन्थे।
प्रेम गीतबाट गायन यात्रा सुरु गरेका उनले धार्मिक तथा जागृत गीत समेत रचना गरी बर्मा देशभर फैलाएको वरिष्ठ साहित्यकार न्यौपाने बताउँछन्।
अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघमा लामो समयसम्म सामाजिक कार्य गरेका उनले नेपाली भाषा, कला र साहित्यमा महत्वपूर्ण योगदान गरेको न्यौपानेको भनाइ छ।
उनी अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघ मोगोक शाखाको पूर्वसचिव हुँदै संघ केन्द्रसम्म पुगेका थिए।
अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघ सांस्कृतिक तथा धार्मिक विभाग प्रमुख भइ पाण्डेले नेपाली समाजका लागि थ्रुपै उपयोगी पुस्तकहरू प्रकाशित गरिसकेका छन्।
सन् १९९१ देखि १९९५ सम्म मोगोक बसाइँकाे क्रममा पाण्डे सँगसंगै धेरै सामाजिक कार्यहरू गर्ने अवसर पाएको वरिष्ठ साहित्यकार विष्णु पन्थीले बताएका छन्।
उनले भने, 'मैले पनि प्रथम महासभा (सन् १९८१, मेम्यो नगर) मै प्रितमजीको परिचय पाएको हूँ। त्यसैमा 'अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघ'को स्थापना भयो र हामी सबै म्यान्माको नेपाली समाजलाई संवर्द्धन गर्नेतर्फ लागिपर्यौं। त्यसपछि सामाजिक बैठकहरू, कविगोष्ठीहरू, सांस्कृतिक कार्यक्रमहरू र संघको द्वैवार्षिक महाधिवेशनहरूमा भेट भइरह्यो जसलाई सामाजिक सञ्जालले झन् नजिक्यायो।'
प्रितम पाण्ड बर्मेली–गोर्खा समाजको वरिष्ठ समाजसेवी र एक अद्भुत बहु-प्रतिभाशाली व्यक्तित्व भएको अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघ केन्द्रीय सहसचिव देवेन्द्र रिजाल बताउँछन्।
उनले साहित्यिक पुस्तक, धार्मिक पुस्तक र भजनसँगै थ्रुपै जातीय जागृती गीतहरू समेत रचना गरेका छन्।
सरल, मिलनसार र मृदुभाषी जस्ता गुण भएका उनी जीवनभर विभिन्न सामाजिक कार्यहरूमा संलग्न रही ठूलो योगदान पुर्याउने व्यक्तित्वहरू मध्ये अग्रपंक्तिमा पर्छन्।
उनको निधनले बर्मेली–नेपाली समाजमा निकै शोक पारेको सह-सचिव रिजालले बताए। उनले भने, ‘उहाँको चीर शान्तिका लागि हामी हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ।’
साहित्यकार पाण्डेसँग आफ्नो पहिलो भेट संघको प्रथम महासभा भएको स्मरण गर्दै अर्का साहित्यकार हिरा दाहालले मार्मिक सन्देश दिएका छन्।
उनी भन्छन्, ‘प्रितम सर तपाईं–हाम्रो प्रथम भेट प्रथम महासभा थियो। जहाँ हामीले हातमा हात मिलाएका थियौं, छातीमा छाती टाँसेका थियौं, त्यो नै आजीवनको यादगार रह्यो। अब तपाईं जानुभयो, जानुहोस् सर हामी पुनः त्यहाँ भेटौंला जहाँ कहिल्यै छुट्न नपरोस्।’
बिएल नेपाली सेवामा प्रकाशित प्रितम पाण्डेका रचनाहरूः
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
देउवाका विश्वासपात्रहरू पुनः सभापति हुन उक्साउँदै
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया