बिएल संवाददाता
पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण दर बढ्दो क्रममा रहेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। सोमबार देशभर ३ हजार ४२१ सङ्क्रमित देखिएका थिए।
मंगलबार १७ हजार ५१८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७२६ जना र एन्टिजेन विधिबाट १ हजार १७३ जना गरी ३ हजार ८९९ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा थप १ हजार ७७८ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै नेपालमा हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।
यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७५८ पुगेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया