महेश नेपाली
जुम्लाकाे सदरमुकाम खलंगा बजारमा पसेर मानिसलाई आक्रमण गरी अनियन्त्रित भई भागेकाे भालु सिंहाचाैर गाउँकाे गाेठमा भेटिएकाे छ।
बिहीबार विहान ४ बजे बजार पसेर तीन जनालाई आक्रण गरी भागेकाे भालुलाई खाेजी गर्ने क्रममा चन्दननाथ–४ काे सिंहाचाैरमा भेटिएकाे शशस्त्र प्रहरी बल ३३ नम्बरका गणपति गगन श्रेष्ठले जानकारी दिएका छन्।
भालुकाे आक्रणबाट दैलेख स्थायी घर भई जुम्ला सदरमुकामका माेबाइल पसल सञ्चालन गरिरहेका हेमराज राेकाया, उनकी श्रीमती निर्मला राेकाया र चन्दननाथ–५का हिरा सार्की भएका छन्। उनीहरुकाे हाल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेकाे छ।
अनियन्त्रित भएर भालु भागेपछि प्रहरीले नागरिकलाई सचेत रहन रेडियाेबाट सूचना समेत प्रशारण गरेकाे थियाे।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया