काबुलबाट उडेकाे अमेरिकी विमानकाे गियरमा जब मानिसकाे लास भेटियाे...

Photo: Twitter/@drfolladwand
Photo: Twitter/@drfolladwand

सोमबार काबुलको विमानस्थलबाट उडेको अमेरिकी वायु सेनाको सी- १७ विमानकाे ल्यान्डिगियरमा अफगानिस्तानका एक नागरिकको शव भेटिएको अमेरिकी रिपोर्टले जनाएको छ।

अमेरिकी अधिकारीले ‘द वाशिंगटन पोस्ट’लाई जनाएअनुसार विमानको ल्यान्डिगियरमाथि जान छाडेपछि चालक दलले अनुसन्धान गर्दा शव भेटिएकाे थियाे। उक्त शवकाे पहिचान भएकाे छैन।

तालिबानले अफगानिस्तानको राजधानी कब्जा गरेपछि काबुलको हमिद करजई अन्तर्राष्ट्रिय विमानस्थल साेमबार अस्तव्यस्त बनेकाे थियाे। इस्लामवादी समूहबाट भाग्न खोज्ने हजारौं अमेरिकी कर्मचारीहरुलाई देश बाहिर ल्याउने विमानमा चढ्न हतारिदाँ मृत्यु भएका व्यक्ति गियरमा परेकाे हुन सक्ने अनुमान गरिएकाे छ। 

साेमबार प्रसारण गरिएका भिडियोहरुमा अफगानहरुसँगै दौडिरहेको र एक अमेरिकी विमानलाई ट्याक्सी लगाएको देख्न सकिन्छ। अन्य भिडियोहरूमा मानिसहरु बिमानबाट खसेर उनीहरुको मृत्यु भएको देखिएको छ।

अमेरिकी सेनाले गोली हानेर विमानबाट खसेका मानिसहरु र दुई सशस्त्र व्यक्तिसहित कम्तीमा सात जना मारिएकाे अमेरिकी अधिकारीहरुले बताएका छन्। 

प्रकाशित मिति: : 2021-08-18 06:42:00

प्रतिकृया दिनुहोस्