तालिबानसँग कति पैसा छ ?

विजय बस्नेत

काठमाडौँ
Photo : Reuters
Photo : Reuters

कुनै ठाउँको शासन, सत्ता  र नियम चलाउन गतिलो क्रान्तिकाे विकास हुनुपर्दछ। बलिदान र संघर्षलाई साथमा लिनुपर्दछ। तर, तालिबानले  खोजेको क्रान्ति अलि बेग्लै छ।

सत्य, शान्ति, स्वतन्त्रताजस्ता क्रियाकलाप विश्वका मानव जातिहरूले चाहन्छन्। कुनै  द्वन्द, अपराध, युद्धजस्ता कुराहरु निकै भयानक र डरलाग्दा हुन्छन्। यस्ता  डरहरुलाई चिरेर तालिबान फेरि ब्यूँझिएकाे छ।

कसरी बन्याे तालिबान ?

सन् १९५९ मा जन्मिएका मुल्लाह मोहम्मद ओमरले  नै तालिबानको स्थापना गरेका थिए। उनले सोभियत संघको कब्जामा रहेको आफ्नो स्वतन्त्रता फुकाउन चाहन्थे। सन् १९९० अघिसम्म अफगानिस्तान सोभियत संघको कब्जामा थियो। सोभियत संघबाट मुक्त गराउन त्यहाँका इस्लामिक छापामार लडाकूले सोभियत संघसँग युद्ध लडेका थिए।

इस्लामिक छापामार लडाकुलाई मुजाहिद्दीन भनेर परिचित गराइयो। पछि धेरै देशहरुले मुजाहिद्दीनलाई सहयोग गरे। जसमा बेलायत, अमेरिका, चीन, पाकिस्तान, साउदी अरेबिया, इरान पर्दछन्। सोभियत संघको विरुद्ध लड्ने विद्यार्थीमा मुल्लाह मोहम्मद ओमर  थिए।

ओमरले गराएको विद्यार्थीको समूहलाई तालिबान भनेर चिनियो। मुजाहिद्दीन र तालिबान विभिन्नसंघर्ष गर्दै युद्ध लडेपछि सोभियत संघले अफगानिस्तान छाड्यो। त्यसपछि तालिबानले सबैको सहयोग पाउँदै गयो। सोभियत संघले अफगानिस्तान छाडे पनि तालिबानको संघर्ष मुजाहिद्दीनहरुसँग चलिरह्यो।

तालिबानले सन् १९९४ मा दक्षिणी सहर कन्दाहरलाई नियन्त्रणमा लिँदै आफ्नो सफलता हात पार्यो। त्यस्तै सन् १९९६ मा तालिबानले राष्ट्रपति बुरहनद्दिन रब्बानीलाई हटाउँदै राजधानी काबुल कब्जामा लियो। यो नै तालिबानको सत्ता चलाउने क्रान्ति थियो।

सन् १९९६ मा अफगानिस्तानमा तालिबानको पहिलो शासन चल्यो। तालिबानको उक्त शासन सन् १९९६ देखि २००१ सम्म चल्यो। सन्  २००१ सम्मा तालिबानले अफगानिस्तानको ९० प्रतिशत भाग कब्जामा लिइसकेको  थियो।

किन आतंकवादी संगठन हुनपुग्यो ?

जब तालिबानले शासन चलाउन सुरु गर्यो, त्यतिबेला तालिबान अफगानिस्तानमा राम्रै रुपमा चिनिएको थियो। तालिबानले अफगानिस्तानलाई एउटा इस्लामिक देश बनाउने लक्ष्य राखेको थियो। यस समयमा तालिबानले अलकायदासँग राम्रो सम्बन्ध जोडेको थियो। अलकायदाका नेता ओसामा बिन लादेन तालिबानका नेता मुल्लाह मोहम्मद ओमरकै संरक्षणमा थिए।

त्यतिबेला अमेरिकाले अलकायदालाई निगरानीमा राखेको थियो। सन् २००१ सेप्टेम्बर ११ मा तालिबानले अलकायदा सँग मिलेर अमेरिकाको ट्विन टावरमा दुई वटा हवाई आक्रमण गर्यो। त्यसपछि अमेरिकाले तालिबानलाई आतंकवादी समूह घोषणा गर्दै सतर्क बन्यो।

अहिले पनि तालिबानको सम्बन्ध आतंकवादी संगठनहरुसँग रहेको अमेरिकाले आरोप लगाउँदै आएको छ। त्यही आतंकवादी संगठनले तालिबानलाई आतंकवादीको रुपमा चिनायो।

अमेरिकी सेना किन अफगानिस्तानमा आएको थियो ?

अमेरिकामा भएका विभिन्न आतंकवादी घटनाहरूको बदला लिन अमेरिकाले अफगानिस्तानमा आफ्नो 'अप्रेशन' सुरु गर्यो। सन् २००१ मा भएको आक्रमणलाई अमेरिकाले ९/११ नाम राख्दै अफगानिस्तानमा आफ्ना सेना पठायो।

तत्कालिन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले लादेनलाई कारबाहीका लागि अमेरिका ल्याउनका लागि कार्यनीति शुरु गरे। अमेरीका दुई सातामा नै वास्तविक घटना पत्ता लगाउन सफल भयो। रिसले चुर भएका अमेरिकी राष्ट्रपतिले अफगानिस्तानमा अमेरिकी सेना पठाएर कारबाही सुरु गरे।

अमेरिकी गुप्तचर संस्थाले अमेरिकामा भएको हमलामा अलकायदा  र तालिबानको हात रहेको पुष्टि गर्यो। अध्ययन अनुसन्धानमा विभिन्न भिडियो, अडियो, अन्तरवार्ता र दस्तावेज फेला परे, जुन प्रमाणहरु अलकायदा र तालिबानले गराएको भेटियो।

अमेरिकाले अफगानिस्तानमा गरेको सैन्य कारबाहीमा सन् २००३ मा अमेरिकाको सहयोगी मुलुकको संगठन नेटोले पनि सहभागिता जनायो। अमेरिकाले अफगानिस्तानको समूह तालिबानलाई ओसामा बिन लदेनलाई बुझाउन आग्रह गर्यो। तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले आफ्ना सेना र नेटोका सेनाको संख्या बढाएर अफगानिस्तानमा पठायो।

सेनाले कारबाही अघि बढाउँदै लगे। आतंकवादी संगठनलाई हराउन अमेरिकालाई बेलायतले पनि सहयोग गर्यो। सन् २०११ मा अफगानिस्तानमा सबैभन्दा बढी अमेरिकी सेना उपस्थित भए। तर ओसामा बिन लदेन अफगानिस्तानमा नभएको खुलासा भयो।

सन् २०११ मे २ मा पाकिस्तानमा लुकेर बसेका अलकायदाका नेता ओसामा बिन लादेन अमेरिकी सेनाको कारबाहीमा मारिए। लादेनलाई मारे पनि अमेरिकी सेनाले अफगानिस्तानबाट छिट्टै फर्कने निर्णय गरेन।

विभिन्न आतंकवादी समूहलाई तह लगाउन अफगानिस्तानमा नै अमेरिकी सेना बस्यो। विभिन्न सम्झौतापछि अमेरिकी सेना सन् २०२१ मा अमेरिका फर्कने कार्यनीति बन्यो।

अमेरिकी सेनाको बलमा बनेको अफगानी सरकार

सन् २००१ मा अमेरिकी सेनाको सहयोगमा तालिबानलाई सत्ताबाट हराउँदै हमीद कारजाई अफगानिस्तानको आन्तरिक प्रशासनको उपप्रमुख बने। सुरुमा कामचलाउ मात्र सरकार बन्यो। सन् २००४ मा निर्वाचन हुँदा हमीद कारजाई नै राष्ट्रपतिमा निर्वाचित भए।

अफगानिस्तानमा प्रत्येक पाँच वर्षमा राष्ट्रपतिको निर्वाचन हुने नियम रहेको छ। सन् २०१४ यता अफगानिस्तानमा अशरफ घानी राष्ट्रपति रहेका छन्। अफगानिस्तानको सरकार पूरै समय अमेरिकी सेनाको आडमा  बस्दै आयो।

तालिबान कति शक्तिशाली ?

अफगानी सरकार पछिल्लो समय अमेरिकी सेनाको आडमा बस्दै आइरह्यो। अफगानी सरकार नयाँ आतंकवादी घटनाहरु नहुनेमा ढुक्क भएर बसेको फाइदा तालिबानले उठायो। तालिबानले अमेरिकी सेनालाई जसरी पनि अफगानिस्तानबाट शान्तिपूर्वक बिदाई गरेर अफगानी सत्ता आफ्नो हातमा ल्याउन चाहन्थ्यो।

अमेरिकी सेना बाहिरिएसँगै तालिबानले अहिले अफगानी सरकारमाथि पुरै कब्जा जमाएको छ। अफगानी सरकारले तालिबान आफूभन्दा शक्तिशाली भएको स्वीकार गरिसकेको छ। अफगानी सरकारले अर्का कै आडमा  भविष्यको शान्ति सुरक्षामा कुनै मतलब देखाएको देखिएन। यही फाइदा तालिबानलाई भयो।

तालिबानले अफगानिस्तानमा रहेका चार सय बढी जिल्लाहरुमध्ये धेरै जिल्लाहरु कब्जामा लिइसकेको छ। अहिले तालिबान अफगानी सरकारभन्दा धेरै शक्तिशाली बनेको छ। कार्यनीति पनि शक्तिशाली बनाएको छ।

तालिबानसँग कति पैसा छ ?

तालिबानले आफ्ना नियन्त्रणमा रहेका ठाउँमा आफ्नै सरकार चलाउँदै आएको थियो। तालिबानका नेता मुल्लाह मोहम्मद ओमरको सन् २०१३ मा मृत्यु भएको थियो। उनको मृत्युपछि मुल्लाह अख्तर मोहम्मद मन्सुर नेता बने, तर सन् २०१६ मा अमेरिकी हवाई कारबाहीमा उनको पनि मृत्यु भयो।

अहिले तालिबानका नेता हैबतुल्लाह अखुन्जादा रहेका छन्। उनले देश बाहिरबाटै तालिबानको नेतृत्व गरिरहेका छन्। तालिबानमा एक दर्जनभन्दा बढी कमिटीहरु आबद्ध रहेका छन्। जसमा प्रशासनिक, राजनीतिक, सैन्यजस्ता कमिटीहरु रहेका छन्।

तालिबानले प्रत्येक प्रान्तको अवस्था बुझ्नलाई एक 'छायाँ गर्भनर' र 'एक ब्याटलफिल्ड कमाण्डर' तय गरेको छ। तालिबानले आफ्नो संगठन चलाउन  अफिम खेती, लागूपदार्थजस्ता कारोबारबाट आर्थिक अवस्था जुटाउने गर्दछ। साथै कर असुली, विदेशी अनुदान, अवैध खानीबाट पनि आर्थिक अवस्था जुटाएको पाइन्छ। अन्तर्राष्ट्रिय रिपाेर्ट अनुसार १७ बिलियन डलरभन्दा बढी पैसा रहेकाे पाइन्छ।

अफगानिस्तानमा अहिलेको अवस्था

सन् २००१ पछि पुनः तालिबानले आफ्नो सत्ता चलाउने क्रान्ति सफल गरेको छ। आतंकवादी समूह मानिए पनि तालिबान आफ्नो सरकार बनाउन चाहन्छ।

अफगानिस्तानबाट विभिन्न देशहरूले आफ्ना नागरिकहरू फिर्ता लिइरहेका छन्। शान्ति, सुरक्षा खोज्दै अफगानी नागरिकहरू एयरपोर्ट र गाडीबाट यात्रा गर्न खोजिरहेका छन्।

अहिले अफगानिस्तानको शान्ति सुरक्षा एकदमै नाजुक रहेको छ। तालिबानले अफगानिस्तानलाई पूर्ण पुरुष प्रधान देश बनाउन खोजिरहेको छ। राजधानी काबुल कब्जामा लिएपछि तालिबानले आफ्नो नेतृत्वको राष्ट्रपति बनाउने निर्णय गरिसकेको छ।

अफगानिस्तानका वर्तमान राष्ट्रपति अशरफ घानीले ज्यान बचाउन देश छोडेर भागिसकेका छन्। सर्वसाधारणहरु बन्दुकको त्रासमा बाँचिरहेका छन्। अफगानिस्तानबाट सुरक्षित ठाउँमा जानलाई त्यहाँका नागरिकको ठूलो भीड काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अस्तव्यस्त रुपमा देखिएको छ।

साथै तालिबानले पुर्ण मानव अधिकारको पलना गर्दै अफगानी जनतालाई शसरक्षा दिने घोषणा गरेको छ। त्यस्तै महिलाहरुको अधिकारलाई पनि समेट्ने घोषणा गरेको छ।

प्रकाशित मिति: : 2021-08-19 07:44:00

प्रतिकृया दिनुहोस्