'रामचन्द्र पौडेल र कृष्ण सिटौला समूहलाई एक बनाउन लागेको छु' [भिडियोसहित]

तेजन खड्का

काठमाडाैं

नेपाली कांग्रेसका युवा नेता गगन थापाले कित्ता परिर्वतन नगरेको बताएका छन्। विएल नेपालीसँग कुराकानी गर्दै नेता थापाले आफू सिटौला समुहबाट अलग नभएको बताएका हुन्।

सानेपास्थित पार्टी कार्यालयमा कुराकानी गर्दै थापाले भने, ‘म अलग भएको होइन। रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको समूहलाई हामी ढिलोचाँडाे एकै बनाउँछौ।समुहबाट अलग होईन, एक बनाउने प्रयास हो।

उनले दुवै समुह महाधिवेशन अघिसम्म एउटै बाटोमा आउने विश्वास व्यक्त गरे।अहिले सबै तहमा दुवै समूहबीच समझदारी तरिकाले उम्मेदवारीको लागि आपसी छलफल चलिरहेको नेता थापाले बताए।

उनले आफू महामन्त्री बनिसकेपछि कार्यकर्ताहरु यसरी पार्टी कार्यालयमै आएर अनशन बस्ने अवस्था नआउने पनि उल्लेख गरे।  ‘नेताहरुको विवेक र न्यान नपुग्ला भनेर कार्यकर्ताहरुले चिन्ता लिनुपर्दैन। निर्वाचनको बेला अरु पार्टीसँग गठबन्धन गरेर हाम्रो कार्यकर्ताहरुले अर्को दलमा भोट हाल्नुपर्ने अवस्था पनि आउँदैन। अहिले पार्टीभित्रको व्यथितिको लागि हामी नै जिम्मेवार छौ।', उनले थपे।

महाधिवेशन सकिएको भोलिपल्ट बाटै पार्टीलाई विधिसम्मत तरिकाले सञ्चालन गर्न नयाँ कदम चाल्ने उनले बताए।

आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका थापा औपचारिक रूपमा रामचन्द्र पौडेल नेतृत्वको समूहमा खुलेका थिए। बिहिबार उनी सानेपास्थित पार्टी कार्यालयमा संस्थापतइतरको भेलामा पुगेका थिए।

यसअघि उनी कृष्ण सिटौला समूहकाे अनौपचारिक बैठकहरूमा सहभागी हुन्थे। उनले १३औ महाधिवेशनमा कृष्ण प्रसाद सिटौलाको समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर पराजित भएका थिए।

देउवाविरुद्ध एकल उम्मेदवारको चयन गर्न नसके पनि पौडेल समूहले सहमतिमा एक जनाले मात्र सभापतिमा उम्मेदवारी दिने  दाबी गरेको छ।

प्रकाशित मिति: : 2021-09-03 07:41:00

प्रतिकृया दिनुहोस्