प्रचण्डले तयार पारे मन्त्रीहरूकाे सूची, पहिलाे राेजाइँमा नेता अथक

Breaknlinks
Breaknlinks

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार बनेको करिब दुई महिना बितिसक्यो।

कांग्रेस सभापतिसमेत रहेको प्रधानमन्त्री शेरबहादुर देउवाले यति लामो समयसम्म पनि मन्त्रिपरिषद् विस्तार गर्न नसक्दा सरकारको आलोचना सुरु हुन थालिसकेको छ।

त्यसो त गठबन्धनमा रहेको माधव नेपाल नेतृत्वको नेकपा (एस)को विभिन्न विवादको कारण प्रधामन्त्रीले देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको अनुमान छ। त्यति मात्र नभएर गठबन्धनका अन्य दलका शीर्ष नेताहरुले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुंगो लगाउन नसक्दा प्रधानमन्त्री देउवालाई मन्त्रिपरिषद् विस्तार गर्न सकस परेको देखिन्छ।

यसैबीच माओवादी केन्द्रले भने सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम लगभग टुंगो लगाएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिबारसम्म प्रधानमन्त्री देउवालाई सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम बुझाउँन लागेको प्रचण्डनिकटका एक नेताले बिएल नेपाली सेवालाई जानकारी दिएका छन्।

'कमरेड प्रचण्डसहित केही शीर्ष नेताहरुको छलफलले माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम हिजाे नै टुंगो लगाइसकेको छ',  उनले भने, 'नेकपा (एस)को विवादले मन्त्रिपरिषद् विस्तार गर्न सामान्य ढिला भएको हो, अब चाँडै पूर्णता पाउँछ।'

मन्त्रिपरिषद् विस्तारको कामलाई पूर्णता दिन गठबन्धका अन्य दलहरुले पनि अन्तिम तयारी थालेकाे ती नेताले जानकारी दिए।

माओवादीबाट मन्त्रीको लागि कृष्णबहादुर महरा, नारायणकाजी श्रेष्ठ र देव गुरुङको नाम साताअघिदेखि नै चर्चा छ। तर यतिबेला भने माओवादीमा नयाँ ट्वीष्ट थपिएको छ।

मन्त्रीको लागि कसैले अपेक्षा नगरेका नेता महेश्वर गहतराज 'अथक'को नाम प्रचण्डले मन्त्रीको लागि सिफारिश गरेपछि पार्टीभित्रै नयाँ महाल बनेको हाे।

'प्रचण्डले पार्टीका केही शीर्ष नेताहरुसँग गम्भीर छलफल गरेर मन्त्रीको लागि कमरेड अथकको नाम अग्रपक्तिमा राख्नु भएको छ। यो निर्णयले माओवादीका सबै नेताहरु खुशी नै हुनुहुन्छ', ती नेताले बिएल नेपाली सेवासँग भने। 

नेता अथक पश्चिम बाँकेका प्रभावशाली नेता हुन्। 

प्रकाशित मिति: : 2021-09-13 20:56:00

प्रतिकृया दिनुहोस्