बाह्रखरी
काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न फुटपाथबाट व्यापारीको सामान जफत गरेर चार वर्षमा करिब ५९ लाख कमाएको छ । काठमाडौंका फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेर र फुटपाथ व्यापारीलाई जरिवाना तिराएर सो रकम कमाएको हो ।
ठेलागाडा, साइकललगायत फलामजन्य सामान लिलाम गर्दा रकम २३ लाख
आन्तरिक प्रशासन शाखाको तथ्यांक अनुसार ०७५/७६ मा फलामजन्य सामान लिलाम गरिएको थियो । उक्त लिलाम बापत ५ लाख ७०० रुपैयाँ महानगरले कमाएको छ । यस्तै ०७६/७७ लिलाम गरिएका सामानबाट १८ लाख रुपैयाँ कमाएको छ ।
खाद्यन्न, कुहिने र फिर्ता दिन मिल्ने सामान फिर्ता दिए बापत ३५ लाख ७५ हजार जरिवाना
प्रशासनको तथ्यांक अनुसार गत चार आर्थिक वर्षमा फुटपाथ व्यापारीबाट कुहिने सड्ने गल्ने सामान जफत गरी जरिवाना बापत ३५ लाख ७५ हजार २०० रुपैयाँ कमाएको छ । उक्त रकम नगरप्रहरीले फुटपाथ व्यापारीहरुबाट जफत गरी कुहिने तथा सड्ने गल्ने सामान फिर्ता गरे बापत तिराइएको जरिवाना हो ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया