बाह्रखरी
काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न फुटपाथबाट व्यापारीको सामान जफत गरेर चार वर्षमा करिब ५९ लाख कमाएको छ । काठमाडौंका फुटपाथमा व्यापार गर्नेको सामान जफत गरेर र फुटपाथ व्यापारीलाई जरिवाना तिराएर सो रकम कमाएको हो ।
ठेलागाडा, साइकललगायत फलामजन्य सामान लिलाम गर्दा रकम २३ लाख
आन्तरिक प्रशासन शाखाको तथ्यांक अनुसार ०७५/७६ मा फलामजन्य सामान लिलाम गरिएको थियो । उक्त लिलाम बापत ५ लाख ७०० रुपैयाँ महानगरले कमाएको छ । यस्तै ०७६/७७ लिलाम गरिएका सामानबाट १८ लाख रुपैयाँ कमाएको छ ।
खाद्यन्न, कुहिने र फिर्ता दिन मिल्ने सामान फिर्ता दिए बापत ३५ लाख ७५ हजार जरिवाना
प्रशासनको तथ्यांक अनुसार गत चार आर्थिक वर्षमा फुटपाथ व्यापारीबाट कुहिने सड्ने गल्ने सामान जफत गरी जरिवाना बापत ३५ लाख ७५ हजार २०० रुपैयाँ कमाएको छ । उक्त रकम नगरप्रहरीले फुटपाथ व्यापारीहरुबाट जफत गरी कुहिने तथा सड्ने गल्ने सामान फिर्ता गरे बापत तिराइएको जरिवाना हो ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया