
सागर न्यौपाने
नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले आइतबार पार्टीमा ७० वर्षे उमेरहद कायम रहने बताएका छन्। विधान संशोधन प्रस्तावमाथि छलफल गर्न शुक्रबार बनेको दस वटा समूहले उमेरहद कायम राख्न दबाब दिएपछि उनले यस्तो बताएका हुन्। समूहगत रुपमा उठेका प्रश्नको जवाफ दिँदै आइतबार पौडेलले भने, ‘७० वर्षे उमेर हद कायम राखिनेछ।’
पौडेलले भनेझैँ एमालेमा उमेरहद कायम राखियो भने अध्यक्ष केपी ओलीसहित दोस्रो पुस्ता भनिएकासमेत थुप्रै नेताहरुका लागि आउँदो महाधिवेशन अन्तिम कार्यकाल बन्नेछ। मंसिरमा दसौँ महाधिवेशनको मिति तय गरेको एमालेले असोज १५ देखि १७ सम्म विधान महाधिवेशन राखेको छ।
एमालेको विधान मस्यौदाको धारा ८३ अनुसार ७० वर्ष उमेर पुरा नभएको नेता मात्रै कार्यकारी कमिटीको पदाधिकारी वा सदस्यमा निर्वाचित वा मनोनित हुन पाउँछन्।
असोज १५ देखि १७ सम्म ललितपुरको गोदावरीमा हुने विधान महाधिवेशनले यसलाई अनुमोदन गर्नेछ। एमालेले पार्टी जीवनमा पहिलो पटक विधान महाधिवेशन गर्न लागेको हो।
त्यसअघि उमेरहद हटाइने हो कि भन्ने चिन्ता धेरै केन्द्रीय सदस्यमा देखिन्छ। एमाले र माओवादी केन्द्र एकता भएर २०७५ जेठ ३ मा नेकपा बनेपछि उमेरहदको प्रावधान नै हटाइएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया