सोमबार, २८ जुलाई २०२५

शिक्षामा सरकारी लगानी आवश्यक

News Image
• • •

शिक्षाका लागी राष्ट्रिय अभियान जिल्ला समन्वय समिति डोटीले शिक्षामा सरकारी लगानी बृद्धि गर्नुपर्ने बताएको छ। पुर्विचौकि गाँउपालिका वडा ७ पोखरीमा आज आयोजना गरिएको कार्यक्रममा उक्त कुरा बताइएको हो। 

गाँउपालिकाले शिक्षा क्षेत्रमा विनियोजन गरेका कार्यक्रमको बारेमा जानकारी दिंदै गाँउपालिका शाखा युवा तथा खेलकुद शाखाका प्राविधिक सहायक चक्र कुन्जेडाले अगामी दिनमा गाँउपालिकाले शिक्षकको क्षमता विकास, भौतिक संरचना निमार्णमा थप लगानी गर्ने बताए। 

गाँउपालिकाको धेरै रकम शिक्षकको तलबमा विनियोजन हुने भएकोले थप कार्यक्रम संचालन गर्न नसकिएको उनको भनाइ छ।

शिक्षा क्षेत्रमा जिल्लामा कार्यरत गैरसरकारी संस्था सामुदायिक विकास केन्द्र डोटीका सुचना अधिकारी एकराज बडुले सरकारी र गैरसरकारी निकायले भौतिक संरचना निमार्ण, विद्यालयमा पयाप्त मात्रामा शौक्षिक सामग्री, शिक्षकको क्षमता विकास र विद्यालयमा विद्यार्थीको क्षमता पहिचानका लागी अतिरिक्त क्रियाकलाप क्षेत्रमा लगानी बढाउनुपर्ने कुरामा जोड दिए। 

विद्यालयमा आई.सि.टिका कार्यक्रम थप गरी कम्पुटर कक्षा प्रयोगात्मक बनाउन ल्याप स्थापन गर्नुपर्ने शिक्षक पुष्पराज जोशीले बताए।

सो कार्यक्रममा बोल्दै अभिभावक विष्णु महराले विद्यालयमा लगानी थप्न सरकारी क्षेत्रले अनुगन पक्ष बढाउनुपर्ने बताएका थिए।

त्यस्तै हनुमान आधारभुत विद्यालयका प्र.अ लोक बहादुर महराले विद्यालयमा धेरै समस्या भएकाले शिक्षक व्यवस्थापन गनुपर्ने कुरामा जोड दिएका थिए। 

 

बिहिबार, आश्विन १४, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!