बाह्रखरी
उर्लाबारी मोरङको दोस्रो प्रमुख सहर हो । बसाइँ सराइका लागि उपयुक्त मानिएको उर्लाबारी पछिल्लो समय घना आवादीयुक्त सहर बनिसकेको छ । राजमार्गको विकाससँगै विस्तार भएको यो सहरको चौकमै पुरानो काठको भुइँतले घर छ ।
कल्पना शाक्यका लागि पछिल्लो चार वर्ष घरको बरन्डा र चौघेरा नै सबैथोक बनिदियो । टोलाएरै धेरैदिन बिताइन् । कति रात अनिँदै बिते । तर, मंगलबार अदालतले गरेको एउटा फैसलाले भने कल्पनालाई अलिकति भएपनि राहत मिल्यो ।
“न्याय मर्दैन भन्ने सुनेकी थिएँ सत्य रेहछ,” उनले भनिन्, “छोरो फर्किएर आउँदैन तर, अपराधीले सजाय पाएको छ ।”
कल्पना ३३ किलो सुन तस्करी प्रकरणमा हत्या गरिएका सनम शाक्यकी आमा हुन् । सुन गायब गरिदिएको भनेर यातना दिएर सनमको हत्या भयो । तर, न सनमकी आमा कल्पनाले सुनका गहना लगाएकी छन् न उनकी श्रीमती सुनिताले नै ।
मंगलबारको जिल्ला अदालत मोरङको आदेशले ३३ किलो सुन प्रकरण मुद्दामा प्रतिवादीमध्येका मुख्य अभियुक्त मोरङ, उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनामाथि जन्मकैदको फैसला सुनाएको छ ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया