गुल्मीको धुर्कोटमा छोराले वुबालाई खुकुरी प्रहार गरेर फरार भएका छन्।
धुर्कोट गाउँपालिका– ४ जैसिथोक रातापोखराका ५५ बर्षीय हरिबहादुर घर्ति मगरलाई छोरा २९ बर्षीय राजेन्द्र घर्ति मगरले खुकुरी प्रहार गरेर भागेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराइले जानकारी दिए।
खुकुरी प्रहारबाट हरि बहादुरको टाउकोमा चोट लागेको छ। उनको गुल्मी अस्पतालमा उपचार भइरहेको भट्टराइले बताए।
सामान्य घरयासी झगडाको कारण छोराले खुकुरी प्रहार गरी घाईते बनाएर भागेको प्रहरीले जनाएको छ। घटनाका आरोपितको खोजी कार्य जारी छ।