पहिरोले बैतडीकाे पुर्चौडी र शिवनाथमा एक–एक घर पुर्‍याे

Photo-NK
Photo-NK

पुर्चौडी नगरपालिका–७ कोटिलामा पहिरोले एक घर भत्किएको छ। स्थानीय मदन लोहारको घरमाथिबाट आएको पहिरोले दुई तले घर भत्किएको हो।

घर भत्किदा भित्र रहेका सबै मालसमान नष्ट भएको छ। मानविय क्षति नभए पनि २० लाखभन्दा बढीको धनमाल नष्ट भएको स्थानीय शैलेस धानुकको अनुमान छ।

पहिरोका कारण ऐरी गाउँका दुई बस्ती पनि जोखिममा परेको उनले बताए। यसैगरी, शिवनाथ गाउँपालिकामा गएको पहिरोले पनि एक घर पुरेको छ।

घटनास्थलमा प्रहरी जाँदै गरेकाले थप विवरण आउन बाँकी रहेको रहेको जिल्ला प्रहरी कार्यालय प्रमुख डिएसपी रमेशबहादुर पालले बताए।

यस्तै, पहिरोले पाटन–८ स्थित खोड्पे बजारका सात घर उच्च जोखिममा परेका छन् भने दशरथचन्द नगरपालिका–१ मुस्याचौरका दुई घर जोखिममा परेका छन्। 

प्रकाशित मिति: : 2021-10-19 16:53:00

प्रतिकृया दिनुहोस्