अमेरिकाले नोभेम्बरबाट खोप लगाएका विदेशी यात्रीहरुका लागि प्रतिबन्ध हटाउने

फाइल तस्वीर
फाइल तस्वीर

ह्वाइट हाउसले नोभेम्बर ८ देखि पूर्णरुपमा खोप लगाएका अन्तर्राष्ट्रिय आगन्तुकहरुलाई कोभिड १९ को यात्रा प्रतिबन्ध हटाउने बताएको छ।

यो संगै २१ महिना लामो अमेरिका प्रवेशमा रोक लगाएको ऐतिहासिक प्रतिबन्धको अन्त्य हुने अन्तराष्ट्रिय सञ्चार माध्यामले जनाएको छ।

यात्रा प्रतिबन्धले लाखौं आगन्तुकहरुलाई संयुक्त राज्य अमेरिकाबाट चीन, क्यानडा, मेक्सिको, भारत, ब्राजिल, धेरै युरोपलगायत अन्य देशबाहिर राखेको थियो। प्रतिबन्धले अमेरिकी पर्यटन खुम्चेको र सीमा समुदायको अर्थतन्त्रलाई चोट पुर्याएको थियो। यसको साथै उनीहरु धेरै प्रियजनहरु र विदेशी कामदारहरुलाई परिवारसंग पुनर्मिलन हुनबाट बञ्चित रहेको थियो।

अमेरिकी सहयोगीहरूले बिडेन प्रशासनलाई नियमहरु हटाउन लवि गरेका थिए। धेरैले यो घोषणाको प्रशंसा गरेका छन्, जसमा संयुक्त राज्य अमेरिकाका लागि स्वीडेनका राजदूत करिन ओलोफ्सडटरले यसलाई 'धेरै स्वागतयोग्य समाचार' भनेका छन्।

अमेरिकाले पहिलो पटक जनवरी २०२० मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा चीनबाट हवाई यात्रीहरुमाथि प्रतिबन्ध लगाइएको थियो। कसरी र कहिले हटाउने भन्ने कुनै स्पष्ट निति बिना त्यसपछि दर्जनौं अन्य देशहरुमा विस्तार गरियो।

कोभिड -१९ महामारीलाई सम्बोधन गर्न मार्च २०२० देखि मेक्सिको र क्यानडाको सिमानामा गैर-आवश्यक यात्रीहरुमाथि रोक लगाइएको थियो।

ह्वाइट हाउसले प्रतिबन्ध हटाउने योजना घोषणा गरेपछि एयरलाइन्सले हालैका हप्तामा अन्तर्राष्ट्रिय टिकट बिक्रीमा बृद्धि भएको देखिएको एयरलाइन्स फर अमेरिका उद्योग व्यापार समूहका प्रमुख कार्यकारी निक कालिओले एक विज्ञप्तिमा भनेका छन्।

युएस ट्राभल एसोसिएसनका प्रमुख कार्यकारी रोजर डाउले महामारी भएयता अन्तर्राष्ट्रिय भ्रमणमा गिरावट आउँदा अमेरिकाले २५० अर्ब डलर भन्दा बढी आम्दानी गुमाएको बताएका छन्।

नोभेम्बर ८ बाट संयुक्त राज्य अमेरिकाले फ्रान्स, जर्मनी, इटाली, स्पेन, स्विट्जरल्याण्ड र ग्रीसलगायत युरोपका २६ शेन्जेन देशहरुका साथसाथै बेलायत, आयरल्याण्ड, चीन, भारत, दक्षिण अफ्रिका, इरान र ब्राजिलबाट पूर्ण रुपमा खोप लगाएका विदेशी हवाई यात्रीहरुलाई अमेरिका प्रवेश गर्न दिइनेछ।

ह्वाइट हाउसले गत महिना अन्य सबै देशहरुबाट यात्रा गर्ने विदेशी नागरिकहरुलाई खोपको आवश्यकता लागू गरेको वताएको छ।

गैर- अमेरिकी हवाई यात्रीहरुलाई उडानमा चढ्नु अघि खोपको प्रमाण र भर्खरको नेगेटिभ कोभिड-१९ परीक्षणको प्रमाण देखाउन आवश्यक छ। भूमि सीमाना पार गर्ने विदेशी आगन्तुकहरुलाइ नेगेटिभ परीक्षणको भर्खरको प्रमाण देखाउन आवश्यक छैन।

नयाँ नियम अनुसार विदेशी आगन्तुकहरु वा अमेरिकीहरुलाइ देशमा प्रवेश गर्न क्वारेन्टाइनमा वस्न आवश्यक छैन।

विदेश यात्रा गर्ने अमेरिकीहरुलाई भने अझै पनि भर्खरको कोभिड-१९ परीक्षणको प्रमाण देखाउनु पर्छ, र खोप नलगाइएका अमेरिकीहरुलाई कडा परीक्षणको आवश्यकताहरु सामना गर्नु पर्नेछ। उनीहरुको भ्रमण गर्ने योजनामा रहेका देशहरुमा प्रतिबन्धको अधिनमा हुनेछन्, जसमा क्वारेन्टाइनहरु समेत पर्न सक्छन्।

प्रकाशित मिति: : 2021-10-21 12:59:00

प्रतिकृया दिनुहोस्