
बिएल संवाददाता
१३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का स्वर्ण पदक विजेता टोलीका महत्त्वपूर्ण सदस्य हेमन्त थापा मगर शहीद स्मारक ‘ए’ डिभिजन लिग खेल्न थ्रीस्टारसँग अनुबन्धित भएका छन्।
ललितपुरको थ्रीस्टारले आइतबार मिडफिल्डर हेमन्तलाई क्लबमा अनुबन्ध गरिएको जनाएको छ। हेमन्तले क्लबसँग दुई वर्षको सम्झौता गरेका हुन्। हेमन्तले थ्रीस्टारमा ७ नम्बरको जर्सी लगाउने छन्। एन्फा एकेडेमीका हेमन्तले राष्ट्रिय टिमबाट यू(१३, यू-१४ र यू-१६ खेलिसकेका छन्।
गत सिजन हेमन्तले च्यासल युथ क्लबबाट खेलेका थिए। यो सिजन उनले थ्रीस्टार क्लब रोजेका हुन्। २९ कात्तिकबाट सुरु हुने लिगका लागि थ्रीस्टारले यसअघि नै अनन्त तामाङ, आयुष घलान, बिक्रम लामासँग सम्झौता गरिसकेको छ। थ्रीस्टारको प्रशिक्षकमा यसपटक उर्जन महर्जन रहनेछन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया