थप ५५७ जनामा कोरोना पुष्टि, ८७७ जना संक्रमणमुक्त

Symbolic photo
Symbolic photo

देशभर पछिल्लो २४ घण्टामा थप ५५७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ६ हजार ६१ जनाको पीसीआर परीक्षण गर्दा ५५२ जना र १ हजार १ हजार ५ सय ६४ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जना गरी ५५७ जनामा पुष्टि भएको हो।

यस्तै पछिल्लो समय थप ८७७ जना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको सङ्ख्या सात लाख ८७ हजार ५०७ पुगेको छ।

हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ३४८ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-24 17:32:00

प्रतिकृया दिनुहोस्