बाह्रखरी
आकाश, हरिया डाँडा, नदीनाला, हिमशृंखला, जीवजन्तु, कीरा–फट्यांग्रा आदि इत्यादिलाई केही चिन्ता छैन होला, जति ममा छ । जति म चिन्तित छु । जति म दुःखित र पीडित छु । अझ भनौँ, त्यति सायद कालो बादललाई पनि नहोला । या अरू कसलाई होला ? ताकि प्रकृति मौसमअनुसार परिवर्तन हुन्छ । समयले तिनमाथि कुनै अन्याय, कुनै अत्याचार गरेजस्तो लाग्दैन ।
तर, मलाई... मलाई समयले कुनै कसर बाँकी नराखी नंग्याएको छ । न त समयले कुनै गुन लाएको छ । केवल शारीरिक र मानसिक संरचनाको परिवर्तनलाई गुन मान्न सकिन्न । त्यो समयको निश्चित र निरन्तरताको प्रक्रिया हो । स्वयं समयले पनि त्यसलाई रोक्न सक्दैन ।
अनि, म कसरी भन्न सक्छु मेरो पाँच फिट सात इन्चको कद समयले ममाथि लगाएको गुन हो भनेर ? समयले ममाथि छायाजसरी माया मानेको छ भनेर ? मलाई लाग्छ, मेरा निम्ति समय बैरी छ । अभिशप्त छ । कहालीलाग्दो छ । मेरो चेतनाको चक्लाई मेरो मिहिनेत र साधनाको प्रतिफल हो । साहित्यसँग संगत गरिरहेको फाइदा हो । मानौँ, सत्संगको योगबाट समृद्घ विचार झांगिन्छ ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया