
रातोपाटी
कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए। यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो। अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो। आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो।
ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उनका परिवारका चार जनाले दुःखद ज्यान गुमाए । पोस्टमार्टम रिपोर्टअनुसार चारैजनाको जलेर मृत्यु भएको हो।
भाइटीकाको अघिल्लो साँझ म्ह पूजा गर्दा ज्यान गुमाउनेमा लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रजना ताम्राकार र नाति निर्जल छन्। पोष्टमार्टमपछि परिवार र आफन्तले उनीहरूको दाहसंस्कार गरेका छन्। लक्ष्मीकृष्णको जेठा छोरा कतारमा थिए। उनी काठमाडौँ फर्केका छन्।
लक्ष्मीकृष्णको घर इट्टा र माटोले बनेको थियो। पुरानो स्वरूपको एकनाले घरको चौथो तलामा रहेको भान्सामा उनीहरू पूजा गरिरहेका थिए। तेस्रो तला दनदनी बलेको कसैले वास्तै गरेनन्। छिमेकका बालबालिकाहरूले कोठाबाट धुवाँ आइरहेको भनेपछि लक्ष्मीकृष्णकी पत्नी दौडेर तल झरिन् र बिजुलीको मुख्य स्वीच अफ गर्न भ्याइन्। आगोको ज्वालाले भेटेर सामान्य घाइते भएकी उनी भने बाँच्न सफल भएकी छिन्।
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
शान्त प्रदीप्त चेतनको आगोः साधना अधिकारी (प्रधान)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया