रातोपाटी
कार्तिक १९ गते काठमाडौँ उपत्यकाका नेवार समुदायले साँझ म्ह पूजा गरिरहेका थिए। यसै क्रममा पाटन, मंगलबजार चोकबाट करिब ३ सय मिटर भित्रपट्टि रहेको लक्ष्मीकृष्ण ताम्राकारको परिवार पनि घरको चौथो तलामा म्ह पूजा गर्न व्यस्त थियो। अचानक तेस्रो तलाको झ्यालमा बालेको दियोबाट सल्केको आगो चौथो तलासम्म फैलियो। आगोको लप्काले चौथो तलाको ग्याँसको पाइप सल्किएर ग्याँस विस्फोट हुन पुग्यो।
ललितपुर महानगरपालिका वडा नम्बर–१२ मा पर्ने सो घरमा आगलागीले ग्याँस विस्फोट हुँदा लक्ष्मीकृष्ण ताम्राकारसहित उनका परिवारका चार जनाले दुःखद ज्यान गुमाए । पोस्टमार्टम रिपोर्टअनुसार चारैजनाको जलेर मृत्यु भएको हो।
भाइटीकाको अघिल्लो साँझ म्ह पूजा गर्दा ज्यान गुमाउनेमा लक्ष्मीकृष्ण ताम्राकार, छोरी अञ्जना ताम्राकार, बुहारी रजना ताम्राकार र नाति निर्जल छन्। पोष्टमार्टमपछि परिवार र आफन्तले उनीहरूको दाहसंस्कार गरेका छन्। लक्ष्मीकृष्णको जेठा छोरा कतारमा थिए। उनी काठमाडौँ फर्केका छन्।
लक्ष्मीकृष्णको घर इट्टा र माटोले बनेको थियो। पुरानो स्वरूपको एकनाले घरको चौथो तलामा रहेको भान्सामा उनीहरू पूजा गरिरहेका थिए। तेस्रो तला दनदनी बलेको कसैले वास्तै गरेनन्। छिमेकका बालबालिकाहरूले कोठाबाट धुवाँ आइरहेको भनेपछि लक्ष्मीकृष्णकी पत्नी दौडेर तल झरिन् र बिजुलीको मुख्य स्वीच अफ गर्न भ्याइन्। आगोको ज्वालाले भेटेर सामान्य घाइते भएकी उनी भने बाँच्न सफल भएकी छिन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया