सोमबार, २८ जुलाई २०२५

आप्रवासी सङ्कटलाई लिएर युरोपमा ग्यास आपूर्ति रोकिदिने बेलारुसको धम्की

बिबिसी

बिबिसी

काठमाडाैँ
News Image
REUTERS
• • •

बेलारुसका राष्ट्रपतिले आप्रवासी सङ्कटलाई लिएर आफ्नो देशमाथि प्रतिबन्धहरू लगाइएमा युरोपको ग्यास आपूर्ति रोकिदिने धम्की दिएका छन्।

बेलारुसको पश्चिमी सीमामा पोल्याण्डतर्फ धेरैजसो इराक, सिरिया र यमनबाट आएका हजारौँ आप्रवासीहरू युरोपेली सङ्घ ईयूको क्षेत्रभित्र प्रवेश गर्ने आशामा निकै चिसो मौसमबीच बसिरहेका छन्।

ईयू अधिकारीहरूले बेलारुसलाई उक्त सङ्कटलाई उचालेर सुरक्षा अवस्था बिगारेको आरोप लगाएका छन्।

तर मिन्स्कले त्यसलाई अस्वीकार गर्दै आएको छ।

बेलारुसको धम्की

बेलारुसमा लामो समयदेखि सत्तामा रहेका तानाशाही नेता एलेक्जेन्डर लुकासेन्कोले एउटा चेतावनी दिँदै 'प्रतिबन्ध लगाइएमा आफूहरूले जवाफ दिनुपर्ने' बताएका छन्।

बेलारुस हुँदै ईयू जाने रुसी ग्यास पाइपलाइनलाई सङ्केत गर्दै उनले भने, "हामीले उनीहरूलाई न्यानो पारिरहेका छौँ र उनीहरूले हामीलाई धम्क्याइरहेका छन्।"

उनको थप भनाइ थियो, "हामीले ग्यास आपूर्ति रोकिदियौँ भने के होला? त्यसैले पोल्याण्ड, लिथुआनिआका नेतृत्व र अन्य खाली हात बसेका मानिसहरूलाई बोल्नुअघि सोच्न म सुझाव दिन्छु।"

शुक्रबार, कार्तिक २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)