डाक्टर कैलाश साहको जीवनी ‘टफ मेडिसिन’ सार्वजनिक

क्यान्सर रोग विशेषज्ञ चिकित्सकको डाक्टर कैलाश साहको जीवनकथा ‘टफ मेडिसिन’ बिहीबार काठमाडौंमा सार्वजनिक भएको छ।

तराईको सिरहा जिल्लास्थित ग्रामीण गाउँ कल्याणपुरकाे किसान परिवारमा जन्मेका डा. कैलाश साहको जीवनी ‘टफ मेडिसिन’ जीवन कथा प्रेरणादायी छ।

बुक्स हिमालयले आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक बद्रिराज पाण्डेले साहको पुस्तक सार्वजनिक गरेका हुन्। ‘डा. साहको पुस्तक प्रेरणादायी छ र उहाँको जीवनसंघर्षको कथा र चिकित्सा क्षेत्रमा उनले गरेका योगदान अनुकरणिय छ,’ डा. पाण्डेले भने।

विमोचन कार्यक्रममा डा. कुलेशबहादुर थापा, डा. रामेश्वरमान श्रेष्ठ, व्यारी एवं जेनी पाइजर, सियान रिचार्डलगायतको उपस्थित रहेकाे थियाे। साथै, उनीहरुले आ-‍आफ्ना धारणा राख्दै पुस्तकवारे समीक्षा गरेका थिए।

डा. साहले काठमाडौंको कान्ति बाल अस्पतालमा दुई दशकभन्दा बढी सेवा गरेका थिए। हाल उनी इशान अस्पताल चक्रपथमा सेवारत छन्। पुस्तकमा उनको बाल्यकाल, डाक्टर बन्न गरेका अनेकाैँ संघर्ष र चिकित्सकको रुपमा काम सङ्गालेका अनुभवहरू पुस्तकमा चित्रण गरिएकाे छ।

सरल जीवन उच्च विचार जीवनयापन गरेका डा. साहको जीवनी सबै विद्यालयको पुस्तकालयमा राख्न सके विद्यार्थीहरुलाइ प्रेरणाको स्राेत बन्ने बुक्स हिमालयका प्रबन्ध निर्देशक पवन शाक्यले बताए।

बुक्स हिमालयद्वारा प्रकाशित ‘टफ मेडिसिन’ पुस्तकको मुल्य रु. २७५ राखिएको छ भने पुस्तक अनलाइन मार्फत पनि किन्न सकिने बताइएकाे छ।

प्रकाशित मिति: : 2021-11-20 18:34:00

प्रतिकृया दिनुहोस्