बिएल संवाददाता
एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पद एकबाट तीन बनाएपछि आंकाक्षीको संख्या पनि थपिएको छ।
तीन उपमहासचिवमध्ये एक जना महिला बनाउनुपर्नेमा त्यसो पनि हुन नदिने गरी दाबेदार बढेका हुन्।
तीनमध्ये एक जना महिला दाबेदार डा. विन्दा पाण्डे उपमहासचिवकी पुरानै दाबेदार छिन्। त्यसबाहेक यसअघिका सचिवहरु पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण बिष्टले पनि उपमहासचिवमा रुचि देखाएका छन्। विष्णु रिमाल पनि सो पदका आकांक्षी हुन्।
एमाले स्रोतका अनुसार, अध्यक्ष ओली चाहिँ यसअघिका उपमहासचिव घनश्याम भुसाललाई सोही पदमा दोहोर्यारएर व्यवस्थापन गर्न चाहन्छन् तर भुषाल उपाध्यक्ष उठ्ने तयारीमा छन्।
ओली पक्ष सुरेन्द्र पाण्डेलाई पनि उपमहासचिव बनाउने पक्षमा छ तर उनले महासचिवभन्दा तल नउठ्ने अडान राखेका छन्।
महासचिव दाबी गरिरहेका शंकर पोखरेललाई पनि सहमतिका लागि उपमहासचिवमा पठाइने संभावना छ तर पोखरेल त्यो अवस्थामा उपाध्यक्ष बन्ने चाहना राख्ने उनीनिकट स्रोतको दाबी छ।
एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा सचिव दाबी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन्।
एमाले केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पुर्याउने निर्णय गरेको थियो।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया