बिएल संवाददाता
नेपाली काँग्रेस मोरङको सभापतिमा दोसो चरणको निर्वाचन हुने भएको छ। आइतबार मतदान हुँदा कुनै उम्मेदवारले ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।
१४औँ महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार ३ हजार ४ सय १४ मत खसेको थियो। आइतबार राति मतगणना हुँदा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले १ हजार ५ सय ४४, दिलीप गच्छदारले १ हजार १ सय ६६ र यदुकुमार विष्टले पाँच सय ६३ मत प्राप्त गरे। पुन: हुने चुनावमा सबैभन्दा धेरै मत ल्याउने लिम्बु र दोस्रो हुने दिलीपबीच प्रतिस्पर्धा हुनेछ।
कांग्रेसको विधानमा सभापति हुन खसेको मतको ५१ प्रतिशत मत आउनुपर्ने प्रावधान भएका कारण पहिलो चरणमा कोही पनि सभापति बन्न सकेनन्। तीनै जनाले खसेको मतको ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने अवस्था आएको जिल्ला निर्वाचन अधिकृत केदार कार्कीले बताए । 'उहाँहरू आफैँ सहमति गरेर आउनु भयो भने निर्वाचन गर्नु पर्दैन,' उनले भने, 'नत्र फेरि निर्वाचनको मिति तय गरेर निर्वाचन गराउँछौँ ।'
लिम्बू संस्थापनइतर समूहका उम्मेदवार हुन्। संस्थापन पक्षबाट दुई उम्मेदवार बनेका थिए। सभापतिका लागि पुनः निर्वाचन हुने निर्वाचन समितिले जनाएको छ। पुनः मतदानपछि मात्रै अन्य पदाधिकारी र सदस्यहरूको मतगणना हुने समितिले जनाएको छ।
रमा हत्या प्रकरण : मुख्य आरोपी भारतीय नागरिक पक्राउ, प्रहरीले सार्वजनिक गर्यो घटना विवरण
घरायसी विवादमा श्रीमतीको हत्या गर्ने ‘नेपाली ब्रो’ भन्ने कुमार थापा पक्राउ
२१ वर्षीया रमा तिवारी हत्या प्रकरण: यौन सम्पर्कपछि पैसाको विवाद हुँदा हत्या, भारतीय नागरिक पक्राउ
प्रेममा धाेका पाएँ, न्यायकाे पर्खाइमा छु– जमुना खत्री
सुन्दरीजलमा सुरक्षित बीपीका सम्झना (फोटो फिचर)
कर्नालीका सुइना के साँच्चै ‘हाम्मा सुइना’ हुन्?
सभापतिमा जिते पार्टी पुनः आफ्नो कब्जामा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया