भ्यानकाे ठक्करबाट गर्भवतीको मृत्यु, झापा तनावग्रस्त (भिडियोसहित)

झापाको गाैरादह ७ स्थित ग्वाल्डुब्बा बजार क्षेत्र तनावग्रस्त बनेको छ।

बिहीबार दिउँसो करिब ४ बजे बा ८ च ७७३५ न. को भ्यानले ठक्कर दिँदा स्थानीय सीता शाहको मृत्यु भएको थियो।

आफ्नै घरकाे आगनमा बसिरहेको समयमा २८ वर्षीया शाहलाई अचानक भ्यानले ठक्कर दिएको र ठक्करबाट गम्भीर घाइते भएकी शाहको उपचारको क्रममा दमक लाईफलाईन अस्पताल पुर्याउने बित्तिकै मृत्यु भएको थियो। मृतक सीता गर्भवती थिइन्।

उक्त घटनालाई लिएर न्याय माग्दै स्थानीयहरूले प्रदर्शन गर्न थालेका छन्। ग्वाल्डुब्बा यतिबेला तनावग्रस्त बनेको छ।

प्रदर्शनकारीले सडकमा टायर बालेर प्रदर्शन गर्दै नारा जुलुस गरिरहेका छन्। अहिले बजार पूर्णरुपमा ठप्प भएको छ।

स्थितिलाई नियन्त्रणमा लिन उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

सुनगाभा स्कुलका शिक्षकले विद्यार्थीमाथि गरे निर्घात कुटपिट

घटनालाई सामान्य बनाउन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। माग सम्बोधन भएपछि घटना साम्य बनेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए।

पीडित पक्षसँग सहमति भइसकेको छ। शवको पोस्टमार्टम गर्दा ढिलासुस्ती भएकाले स्थानीय प्रदर्शनमा उत्रिएको उनको भनाइ छ।

प्रकाशित मिति: : 2021-12-03 18:00:00

प्रतिकृया दिनुहोस्