पूर्वमन्त्री बालाराम घर्तीमगरको नजरमा राप्रपाका नवनिर्वाचित उपाध्यक्ष विक्रम पाण्डे

राष्ट्रिय प्रजातन्त्र पार्टीको पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन्।

कमल थापा र राजेन्द्र लिङ्देन दुबै समूहबाट समेटिएका उनले २५२१ भोट प्राप्त गरेका छन्। पूर्वमन्त्री तथा पुराना राजनीतिज्ञ बालाराम घर्तीमगरको नजरमा विक्रम पाण्डे–


विक्रम पाण्डेमा मन र धनको राम्रो संयोजन मिलेको छ। परिश्रमी, उद्यमी र लगनशील व्यवसायका साथै सक्रिय राजनीतिकर्मीका रूपमा देख्दै आएको छु।

उहाँले धेरै ठाउँका खेलकूद प्रतीक्षालय, विद्यालय निर्माण, क्लब आदिमा ठूलो लगानी गर्नुभएको छ।

विभिन्न संघ–संस्थामा बस्ने तर काम नगर्ने मानिसहरूले पाण्डेजीबाट धेरै विषय जान्न सक्छन्। जिम्मेवारी, उत्तरदायित्व र कर्तव्यका असल पुजारीका रूपमा मैले उहाँलाई लिएको छु। उहाँ सुकुम्बासी समस्या समाधान आयोगको अध्यक्ष (०५५) मा हुँदा निभाएको भूमिका मेरो मानस्पटलमा घुमिरहेको छ।

पाण्डेजीले शिक्षा, सञ्चार, यातायातमा लगानी गरी व्यक्तिगत रूपले राष्ट्रलाई टेवा दिनुभएको छ। उहाँ कालिका कन्स्ट्रक्सन प्रा.लि., कालिका एफ. एम. प्रा.लि., कालिका टेलिभिजन प्रा.लि., कालिका इनर्जी प्रा.लि. आदिका अध्यक्ष तथा प्रबन्ध निर्देशक हुनुहुन्छ।

पाण्डेजी चितवन जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका जिल्ला उपाध्यक्ष (०४८–०५८) एवं अध्यक्ष हुनुभएको थियो। उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्यमा (०६४–०६६) विजय भएर आउनुभएको थियो। उहाँको व्यवसाय, सेवा र राजनीतिलाई राम्रोसँग समय विभाजन गर्ने कला मलाई राम्रो लाग्छ।

२०७० मा भएको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनुभयो। पार्टीप्रतिको त्याग तपस्याकै कारण उहाँलाई विभिन्न समयमा फरक-फरक जिम्मेवारी पनि दिइएको थियो। उहाँ पार्टीको महामन्त्री र ०७१ सालमा संविधान सभाको चुनावमा चितवनबाट विजयी हुनुभयाे। संसदको अर्थ समितिको सदस्यमा रहेर कार्य सम्पादन गरिसक्नुभएको छ।

एकता महाधिवेशनबाट उहाँले पार्टीको खुल्ला उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी हुनुभएकाे छ। पाण्डेजीलाई हार्दिक बधाई तथा शुभकमना छ। जिम्मेवारी, कर्तव्यलाई बोध गर्दै हरेक काममा दृढ भएर लाग्ने आदत सबैका लागि अनुकरणीय छ।

प्रकाशित मिति: : 2021-12-05 20:30:00

प्रतिकृया दिनुहोस्