
बिएल संवाददाता
देशभर पछिल्लो २४ घण्टामा थप २६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। यस अवधिमा १३ हजार ७०९ जनाको पीसीआर परीक्षण गरिएको थियो।
योसँगै नेपालमा पीसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २४ हजार ७६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ८४५ पुगेको छ।
पछिल्लो समय थप ३६२ जना कोरोनाबाट निको भएका छन्। योसँगै निको हुनेको सङ्ख्या आठ लाख सात हजार ५१६ पुगेको छ। निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५९ पुगेको छ।
कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ। त्यसैगरी, पछिल्लो समय दुई लाख ३६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ। हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ६८९ जना छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया