आइतबार, २७ जुलाई २०२५

माओवादीमा विचलन आएको नेतृत्व र विचार दुबै कारणले हो: राम कार्की (भिडिओ)

सेतोपाटी

सेतोपाटी

सन्जिब बगाले
News Image
• • •

नेकपा माओवादी केन्द्रका नेता राम कार्कीले नेतृत्व सम्बन्धी अवधारणा विकास गर्न माओवादी चुकेको बताएका छन्।

सेतोपाटीसँग भिडिओ कुराकानी गर्दै नेता कार्कीले खुला राजनीतिमा आएदेखिनै माओवादीले यस्ता विषयमा ध्यान दिन नसकेको जिकिर गरे।

खुला राजनितिमा आएपछि माओवादीले विचार र नेतृत्वको सवालमा उल्लेख्य काम नगरेको उनले स्पष्ट पारे।

‘जुन बेला माओवादी खुला राजनीतिमा आएको थियो। त्यतिबेलानै यसले आफ्नो नेतृत्वसम्बन्धी अवधारणालाई विकसित तुल्याउनुपर्थ्यो। त्यहाँ माओवादी चुक्यो। चुकिसकेपछि माओवादीसँग अहिले केही पनि छैन,’ उनले भने, ‘माओवादीसँग सेना पनि छैन हिजोको हतियार पनि छैन। माओवादीले बनाएको जनसत्ता पनि छैन। माओवादीसँग बाँकी छ त, त्यहीँ प्रचण्ड मात्र। त्यो पहिला गरेको गल्तीको परिणाम अहिले हामी भोगिरहेका छौ।’

आगामी पुस ११ देखि १३ सम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले पार्टीलाई सामुहिक नेतृत्व, पुस्तान्तरण र नेतृत्वको हस्तान्तरणको बाटोमा लैजाने उनले बताए।

सोमबार, पौष ०५, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)