अब घरमै बसेर कोरोना परीक्षण गर्न सकिने, कसरी गर्ने हेर्नुस् [भिडियो]

बिएल संवाददाता

वाशिङ्टन डीसी
File Photo
File Photo

विभिन्न कम्पनीले अब घरमै बसेर कोरोना परीक्षण गर्ने मिल्ने उपकरणहरु बजारमा ल्याएका छन्।

बायनेक्स नाव,आइहेल्थलगायतका अमेरिकी कम्पनीहरुले घरमै बसेर कोरोना परीक्षण गर्न मिल्ने किट्स ल्याएका हुन्।

आफैँ परीक्षण गर्न मिल्ने किट्सहरु सहज रुपमा उपलब्ध हुने भएपछि नागरिकहरुले घरमै बसेर अर्डर गर्न थालेका छन्। कम्पनीले किटलाई सहजै परीक्षण गर्न सकिने गरी निर्माण गरेका छन्।

कसरी परीक्षण गर्ने ?

परीक्षण सुरु गर्नु अघि बाकसमा दिइएको पूर्ण निर्देशन ध्यानपूर्वक पढ्ने। (बक्समा परीक्षणको लागि २ परीक्षण समावेश छन्)

३ दिनभित्र २६ घण्टाको फरकमा दुई पटक आफैँलाई परीक्षण गर्ने। त्यसरी परिक्षण गरेपछि कोभिड-१९ चाँडै पत्ता लाग्नेछ। बक्समा दुई वटा परीक्षण कार्डहरू, २ ड्रपर बोतलहरू, २ वटा स्वाबहरू र निर्देशन पानाहरू र कोभिड-१९ तथ्य पाना राखिएका हुन्छन्।

परीक्षणअघि पहिले आफ्नो हात धुने वा सेनिटाइज गर्ने। त्यसपछि परीक्षण कार्ड, एउटा ड्रपरको बोतल, स्वाब र आफ्नो टाइमर लिने। त्यसपछि परीक्षण किट्सबाट परीक्षण कार्ड निकाल्ने र परीक्षणको लागि टेबल तयार पार्ने।

परीक्षण किट्स र किट्स कम्पोनेन्टहरू प्रयोग गर्नुअघि, प्रयोग गर्दा वा पछि बच्चाहरू र घरपालुवा जनावरहरूको पहुँचबाट टाढा राख्नुपर्ने हुन्छ।

त्यसपछि किट्सको रिजल्ट विन्डोमा नीलो रेखा देखाइएको छ कि छैन। यदि परीक्षण सुरु गर्नुअघि नियन्त्रण स्थितिमा निलो रेखा देखिएन भने परीक्षण कार्ड प्रयोग गर्ने। 

प्रकाशित मिति: : 2022-01-21 18:20:00

प्रतिकृया दिनुहोस्