नवीन रायमाझी
अमेरिकाबाट ‘प्ले ब्वाई’ नामक मासिक पत्रिका प्रकाशन हुन्थ्याे। जुन पत्रिका मोडल र सिनेमाका नायिकाहरुको नग्न तस्विरकाे लागि चर्चित मानिन्थ्याे।
तस्विरकाे लागि मात्रै भए पनि बिक्री हुने यो पत्रिकामा आर्थर सी क्लार्क, इयान फ्लेमिंग, व्लादिमीर नाबोकोव, शाऊल बोले, चक पलाहनीक, पीजी वोडाहाउस, रोल्ड डाहललगायत प्रसिद्ध उपन्यासकारहरुको कथा पनि प्रकाशित हुन्थ्यो।
त्यस्तै हार्वे कुर्टज़मैन, जैक कोल, एल्डन डेडिनी, जुल्स फीफर, शेल सिल्वरस्टीन, एरिच सोकोल, राय रेमोंडे, गहन विल्सन, और रोवलैंड बी विल्सन जस्ता लोकप्रिय कार्टुनिस्टहरुको कार्टुन समेत छापिन्थ्यो। यद्वपी सामान्य पाठकहरुले यो पत्रिका किन्नुको प्रमुख कारण नग्न तस्विर नै हाे।
ह्यूग हेफनरद्वारा प्रकाशित यो पत्रिकाको पहिलो अंक सन् १९५३ मा प्रकाशित भएको थियो। र, पहिलो अंक नै ५५ हजार प्रति बिक्री भएको थियो। यो पत्रिकाको नोभम्बर १९७२ को अंक ७१ लाख प्रति बिक्री भएको थियो। जसलाई आजसम्म कुनै पनि मासिक पत्रिकाले उछिन्न सकेको छैन। सन् २०१५ मा धेरै भन्दा धेरै पाठकहरुको पहुँच होस् भनेर नग्न तस्विर नछाप्ने भनिए पनि त्यो लागू भने भएन। यो पत्रिकाको सबैभन्दा अन्तिम अंक मार्च २०२० मा प्रकाशित भएको थियो।
पत्रिकाका प्रकाशक हेफ़नरको २७ सेप्टेम्बर २०१७ मा मृयु भएको लामो समयपछि पत्रिकामा तस्विर आउने मोडल तथा नायिकाहरुको यौन शाेषण भएको र यस्तो क्रियाकलापमा ठूला व्यापारी, राजनैतिक हस्ती र सैनिक अधिकृतहरु पनि भएको आशंकामा एफ.बि.आइ (फेडरल ब्यूरो अफ इन्भेस्टिगेसन) ले अनुसन्धान गरिरहेको छ। यो बिबादमा बर्तमान राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन पनि परेका छन्। हेफ्नरलाई फोटो सेसनको बहानामा सेक्स पार्टीको आयोजना गरेको पनि आरोप लागेको छ।
यदी यो आरोप प्रमाणित भयो भने जीवित व्यक्तिहरुलाई कम्तिमा पाँच वर्षको जेल सजाय हुनेछ। तर, हेफनरको मृत्यु भइसकेको कारण उनी यो सजाय बाट बच्ने छन्।
हाल यो पत्रिका अनलाइनमा मात्र छ। र, यसको लोगो अंकित लुगा र अन्य उपहार जन्य बस्तुहरु बिक्री गर्ने अनलाइन पसल छन्। हाल ‘प्ले ब्वाई’को कुल सम्पत्ति करिब दुई सय मिलियन डलर छ।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया