भारतकी पहिलो महिला योद्धा ‘रानी अब्बक्का’

Pinterest
Pinterest

भारतकी पहिलो महिला योद्धा हुन्–‘रानी अब्बक्का’। उनी मंगलोर शहरकी पहिलो तुलुवा रानी थिइन्। जसको जन्म उल्लाल ‘कर्नाटक’ को चौटा शाही परिवारमा भयो। 

जहाँ छोरालाई नभई छोरीलाई सम्पति दिइने चलन थियो। जसकारण उनलाई मामा तिरुमला रायले रानी घोषण गरेका थिए। 

चार दशकभन्दा बढी समय पोर्चुगिजहरूविरुद्ध  लडेकी उनलाई युद्ध लड्न र प्रशासनलाई सम्हाल्न धेरै प्रशिक्षण दिइएको थियो।

उनको शासनमा जैन, हिन्दू र मुस्लिम धर्मका मानिस सम्मान थिए। उनी न्यायी रानी थिइन्। त्यसैले उनलाई प्रजाले निकै रुचाएका थिए। 

युद्धमा बन्दुक प्रयोग गर्ने उनी अन्तिम व्यक्ति थिइन्। साहसका कारण उनलाई ‘अभया रानी’ अर्थात निडर पनि भनिन्छ।  

रानी अब्बक्काको विवाह मङ्गलुरुको बंगा रियासतका राजा लक्षशाम्पा अर्सासँग भयो। विवाह लगतै उनी श्रीमानसँग अलग भइन्। श्रीमानले उनीसँग बदला लिनका लागि पोर्चुगिजहरूको साथ दिएका थिए। 

सन् १५२५ मा पोर्चुगिजहरूले दक्षिण कन्नडको तटमा आक्रमण गरेर मंगलुरु बन्दरगाहलाई ध्वस्त पारे। तर उल्लाललाई हत्याउन सकेनन्।

रानी अब्बक्काको रणनीतिबाट विचलित, पोर्चुगिजहरूले उनलाई ‘कर’  तिनुपर्ने भन्दै दबाब दिन थाले। तर रानीले स्पष्ट रूपमा अस्वीकार गरिन्। 

सन् १५५५ मा पोर्चुगिजहरूले उल्लालमा पुनः हमला गरे। जसको जवाफमा उनले लडाई गरिन् र सफल भइन्। 

सन् १५५७ र १५६८ मा मङ्गलुरुलाई पोर्चुगिजहरूले लुटेर ध्वस्त पार्यो।  जसको रानीले कडा प्रतिरोध गरिन्। तर यसपटक भने पोर्चुगिज उल्लालको शाही दरबारमा प्रवेश गर्न सफल भयो। 

रानी अब्बक्का त्यहाँबाट भागेर मस्जिदमा शरण लिइन्। सोही रात उनले करिब २०० सिपाहीहरू जम्मा पारिन्  र पोर्चुगिजमाथि आक्रमण गरिन्। 

रानीले गरेको त्यो युद्धमा पोर्चुगिज सेनाका जनरल मारिए, धेरै सिपाहीहरू बन्दी बनाइए र धेरै सैनिकहरू युद्धबाट पछि हटे।

रानी अब्बक्काले आफ्ना साथीहरूसँग मिलेर पोर्चुगिजहरूलाई मङ्गलुरुको किल्ला छाड्न बाध्य बनाए। तर सन् १५६९ मा पोर्चुगिजहरूले मङ्गलुरुको किल्ला मात्रै होइन कुन्दपुरा पनि कब्जा गरे। तर यी सबैको बावजुद, रानी अबक्का पोर्चुगिजहरूको लागि ठूलो खतरा बनिन्। 

यसै क्रममा रानी अब्बक्काका पति लक्षशम्पाले पोर्चुगिजहरूलाई उनीहरूसँग बदला लिन मद्दत गरे र पोर्चुगिज सेनाले उल्लाललाई फेरि आक्रमण गर्न थाले। तर रानी अब्बक्काले हिम्मत हारिनन्।

१५७० मा, रानीले अहमदनगरको सुल्तान र कालीकटका राजासँग गठबन्धन बनाइन्। जसले पोर्चुगिजहरूको विरोध गरिरहेका थिए। 

कालीकटका राजाका सेनापतिले रानी अब्बक्काको तर्फबाट लडे र मङ्गलुरुमा पोर्चुगिज किल्लालाई ध्वस्त पारे। जहाँ पोर्चुगिजहरूले सेनापतिको हत्या गरे। 

आफ्नै श्रीमानका कारण युद्ध हारेकी रानीलाई पोर्चुगिज सेनाले बन्दी बनाए। तर उनले विद्रोह गर्न छाडिनन्। अन्नत उनको प्राण गर्यो।

प्रकाशित मिति: : 2022-02-07 13:50:00

प्रतिकृया दिनुहोस्