बिएल संवाददाता
मोरङको मिक्लाजुङ गाउँपालिकामा बुधबारबाट शुरु भएको दोस्रो अध्यक्ष कप रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्र्तगत बिहिबारको खेलमा वडा–६ लाई सडनडेथमा ५–४ को अन्तरले हराउँदै वडा–९ बिजयी भएको छ।
निर्धारीत समयमा दुबै टिमले केही राम्रा अवसरहरु पाए पनि बलले जाली चुम्न सकेन। निर्धारीत समय गोल रहित बराबरीमा सकिएपछी खेल सिधै ट्राइवेकरमा परिणत भएको थियो। ट्राइवेकरमा पनी दुबै टिमले ३–३ गोल गरेपछी खेल बराबरीमा भएको थियो।
लगत्तै खेल सडनडेथमा परिणत भएको थियो। सडन डेथमा वडा–६ लाई हराउदै वडा–९ ले नतिजा हात पा-यो। बिहिबारको खेलमा म्यान अफ द म्याच मिक्लाजुङ वडा–९ का गोल किपर अशिमराज श्रेष्ठ घोषित भए।
बिहिबारको खेलमा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आचार्य, उपाध्यक्ष सरला राई, वडाध्यक्षहरुको उपस्थिती रहेको थियो। शुक्रबारको खेल मिक्लाजुङ वडा–३ र वडा–५ बिच मध्यान्ह २ बजे बाट मनोहर जनता माविको खेल मैदामा हुने खेल व्यवस्थापन समितिका संयोजक मदन श्रेष्ठले बताएका छन्।
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया