मेयरले सामाजिक सुरक्षा भत्ता दिने बैंक परिवर्तन गरिदिएपछि जेष्ठ नागरिकलाई सास्ती

मोरङको उर्लाबारी नगरपालिकाले सेवाग्राहीलाई सुचना नदिई सामाजिक सुरक्षा भत्ता दिने बैंक परिवर्तन गरिदिएपछि खैलाबैला भएको छ।

वडा नं ३ का वडासदस्य भीष्म बुढाथोकीले भने, '३ नं. वडाबासीले आफ्नो वडाको प्राइम कमर्सियल बैंकबाट सामाजिक सुरक्षा भत्ता लिँदै आएका थिए। मेयरसाबले माछापुच्छ्रे बैंकबाट भत्ता दिने व्यवस्था मिलाइदिनु भएछ। वडामै भएको बैंकबाट भत्ता दिँदा अप्ठ्यारो भयो अरे।अब वृद्ध वृद्धाहरूले साढे ३ किमी पूर्वको माछापुच्छ्रे बैंकमा खाता खोल्नुपर्ने भएको छ।'

'वडा नं। ५ का सामाजिक सुरक्षा भत्ताका लाभग्राहीले कुमारी बैंकबाट सेवा पाइरहेका थिए। मेयरले मुक्तिनाथ विकास बैंकबाट सेवा दिने प्रबन्ध मिलाइदिनु भयो, ५ नम्बर का वडा सदस्य रविन लामाले भने, '५ नम्बर वडामा कृषि विकास बैंक ,लक्ष्मी बैंक र एनएमबी बैंक थिए। कमर्सियल बैंक हुँदाहुँदै बिकास बैंकमा खाता खोल्न लगाउनु भएको छ। बुढापाका, एकल र अपांगता भएकोहरूलाई राजमार्ग वारपार गर्न समस्या हुन्छ भनेर कुरा राखेको, सुनुवाइ भएन।'

किन बैंक परिवर्तन भए?
एउटा वडाले सरदर वार्षिक १ करोड रुपैयाँ  सुरक्षा भत्ता बाड्छ ।उक्त पैसा शसर्त अनुदान अन्र्तगत आउने गर्छ। मुक्तिनाथ र माछापुच्छ्रे बैंकले मेयरसँग बारम्बार नगरको सेवा गर्न पाइएन भनेर कुरा राखेपछि मेयरले उनीहरूसँग कारोवार सुरु गरेका हुन्।

प्रकाशित मिति: : 2022-02-15 19:34:00

प्रतिकृया दिनुहोस्