समयमै सडक कालोपत्रे नगर्दा स्थानीयलाई सास्ती (भिडियो रिपोर्ट)

Breaknlinks
Breaknlinks

रोल्पाको सदरमुकाम लिबाङदेखि दारबोटसम्मको सडक कालोपत्रे गर्ने कार्य पाँच वर्षसम्म पनि सकिएको छैन।

तीन वर्षमा काम सक्ने गरी पाँच वर्षअघि १७ किलोमिटर सडक स्तरोउन्नती गरी कालोपत्रे गर्नको लागि २१ करोड ६८ लाखमा आशिष श्री जयन्ती निर्माण कम्पनीले ठेक्का लिएको थियो। तर काम अहिलेसम्म सकिएको छैन।

सडक निर्माणका लागि दुईपटक म्याद थपिएपनि सडक कालोपत्रेको काम ३५ प्रतिशत मात्रै भएको छ। 

हेर्नुस् भिडियाे रिपाेर्ट

मुख्य ठेकेदारले अन्य ठेकेदारलाई निर्माणको जिम्मेवारी दिएकाले सडक निर्माणको काम अलपत्र परेको हो। 

निर्माण व्यवसायीले ८ करोड रुपैयाँ भुक्तानी लिइसकेको सडक डिभिजन कार्यालयले प्युठानले जनाएको छ।

कालोपत्रेको काम समयमै नहुँदा सडकमा खाल्डा–खुल्डीले यातायातका साधनलाई आउजाउ गर्न समस्या भएको छ।

प्रकाशित मिति: : 2022-02-28 18:37:00

प्रतिकृया दिनुहोस्