मूल प्रवाह नेपाली एकता समाजकाे सम्मेलन सम्पन्न, ठाकुर खनालको अध्यक्षतामा ७५ सदस्यीय केन्द्रीय समिति चयन

मुल प्रवाह अखिल भारत, नेपाली एकता समाजको आठौं राष्टिय सम्मेलन सम्पन्न छ। भारतको फरिदावादमा फाल्गुन १५ देखि सुरू भएकाे सम्मेलन मंगलबार सम्पन्न भएकाे हाे।

भारतस्थित प्रवासी नेपालीहरुको संगठनको सम्मेलनमा गणतन्त्र र राष्टियताको रक्षा प्रवासमा रहेका नेपालीहरुको मताधिकार एव् सामुनापातिक प्रतिनिधित्वको हकहिक सुनिश्चितका लागि व्यापक छलफल भएको थियाे। भारतस्थित प्रवासमा रहेका नेपालीहरुको विभिन्न समस्याको बारेमा बोल्ने एक मात्र संगठन रहेको समाजकाे निष्कर्ष थियाे।

सम्मेलनले ठाकुर खनालको अध्यक्षतामा ७५ जनाको केन्द्रीय समिति निर्वाचित गरेकाे छ। जसको उपाध्यक्ष कपिल खनाल, हिरासिंह चन्द, प्रेम पौडेल महासचिव कुलबहादुर थापा सचिव बेदबहादुर कार्की, त्रिभुवन भटराई, प्रेम साप्कोटा कोषाध्यक्षमा मदन शर्मा लगायतका ४७ पूर्ण १५ सदस्य वैकल्पिक र १५ सल्लाकार रहेका छन्।

सम्मेलनकाे उद्धघाटन राष्ट्रिय जनमोर्चा केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। सम्मेलन उद्धघाटन समारोह सुरु हुनुपूर्व भारतका विभन्न ठाउँबाट आएका हजारौं कार्यकर्ताले मार्चपास गरेका थिए।

प्रकाशित मिति: : 2022-03-02 10:45:00

प्रतिकृया दिनुहोस्