मङ्गलबार, २९ जुलाई २०२५

दरबार हत्याकाण्ड २० वर्षसम्म गुपचुप

News Image
• • •

 

२०५८ जेठ १९ गते बेलुकी नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहको वंश विनाश भएको थियो। उक्त दरबार हत्याकाण्ड भएको २० वर्ष पूरा भइसक्यो। तर, कसले हत्या गर्‍यो भन्ने अझै पत्ता लागेको छैन। यसबारेका आशंका र जिज्ञासाहरू मेटिएका छैनन्। बरु, अनेक अनुमान थपिँदै गएका छन्। यसको टुंगो नलाग्नुको कारण हो, अनुसन्धानलाई घटनाको जरोसम्म नपुर्‍याउनु। 

तत्कालीन राजा ज्ञानेन्द्र शाहले यसै वर्षको जेठ १९ गते ट्विटरमा मर्मस्पर्शी पंक्ति लेखेका थिए, ‘एक यस्तो हृदयका चोट जसलाई कहिल्यै भुल्न सकिन्न। साथ र सम्बन्धहरू चुँड्ने अधिकार नियतिलाई मात्र रहेछ। अनुत्तरित प्रश्नका उत्तरहरू पाउन अझै समयले कति कोल्टे फेर्नुपर्छ कसैलाई थाहा छैन।’ शाहको यस ट्विटबाट के स्पष्ट हुन्छ भने, उनी तत्कालीन अवस्थामा बनेको छानबिन समितिले गरेको छानबिनमा सन्तुष्ट छैनन्। अनुत्तरित प्रश्नका उत्तर पाउन अझै कति कुर्नुपर्ने हो भन्ने खालको संकेत दिएका छन्। तर, त्यतिबेला उनीसँग प्रशस्त समय हुँदा पनि उनले छानबिनको काम स्पष्ट ढंगले गर्न सकेनन्। 

बिहिबार, फाल्गुण २६, २०७८
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)